१०२ वर्षे रामदेवीको कथाः राणाहरुसँग अस्मिता जोगाउनै गाह्रो !



अहिले रामदेवीको अवस्था देख्दा पत्याउन गाह्रो पर्छ कि कुनै दिन उनको सुन्दरतामा मोहित हुनेहरुको लर्को थियो, चार तले घर थियो, सुनका गहना मात्र होइन, चुरा र क्लीप पनि सुनकै लगाउँथिन् । र, राजा महेन्द्रले खबर गर्नासाथ दौडेर नारायणहिटी पुग्थिन् अनि बक्सिस थापेर र्फकन्थिन् ।

तर, रामदेवीको जीवनको चर्खा यस्तो रहस्यमय तरिकाले घुम्यो कि त्यो चर्खाले आज उनलाई बृद्धाश्रममा ल्याएर फ्याँकिदियो । धेरैले भनेजस्तै साँच्चीकै जीवन सप्तरंगी हो भने उनी जीवनको निकै फिक्का रङको अनुभूति गर्दैछिन् ।

१०२ वर्षसम्म आइपुग्दा उनले बुझेको जिन्दगी हो, ‘जीवन केही छैन, सन्तोषी सदा सुखी, असन्तोषी सदा दुःखी ।’

हो, रामदेवी अहिले कसैले ल्याइदिएको एक बोतल हर्लिक्स र चिनीमै सन्तोष गर्छिन्, जुन उनको निकै फेफरेट हो । गहभरि आँशु पार्दै भन्छिन्, ‘अहिले मसँग एक पैसा छैन । तर, केही फिक्री छैन । भगवान मलाई लैजाने भए खुत्रुक्क लैजाउँ, कुनै सास्ती नदेउ । यति भए पुग्छ मलाई ।’

Comments