पोखरा उद्योग वाणिज्य संघ : अधिकारी र प्रजूले दिए प्यानलसहित उम्मेदवारी



भदौ, पोखरा । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि दुई प्यानल आमनेसामने हुने भएका छन् । संघको आउँदो असोज ५ र ६ गते हुने ३२ औं महाधिवेशनमा समावेशी व्यवसायी समूह र लोकतान्त्रिक समूह प्रतिस्पर्धामा छन् ।

समावेशी व्यवसायी समूहको नेतृत्व दामु अधिकारीले गरेका छन् भने लोकतान्त्रिक समूहको नेतृत्व रवीन्द्रबहादुर प्रजूले गरेका छन् । समावेशी समूहलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले र लोकतान्त्रिक समूहलाई कांग्रेसले समर्थन गरेको छ ।अध्यक्षमा उम्मेदवारी दिएका अधिकारी वर्तमान महासचिव हुन् । पोखरा महानगरपालिका ३ का वडाध्यक्षसमेत रहेका प्रजू भने संघका वर्तमान बरिष्ठ उपाध्यक्ष हुन् । यसअघि उम्मेदवारी दिने भन्दै मनोनयनपत्र लिएर गएका गोकर्ण कार्कीले भने उम्मेदवारी दर्ता गराएनन् ।समावेशी व्यवसायी समूहले ११ बजे र लोकतान्त्रिक समूहले दिउँसो ३ बजे उम्मेदवारी दर्ता गरेको थियो । अधिकारी प्यानल प्रस्याङबाट सिद्धार्थचोक, चिप्लेढुंगा, महेन्द्रपुल, पालिखेचोक हुँदै संघको कार्यालयमा रहेको निर्वाचन सचिवालयमा पुगेको थियो भने प्रजू प्यानल चिप्लेढुंगास्थित पोखरा ट्रेडमल अगाडिबाट महेन्द्रपुल, पालिखेचोक हुँदै कार्यालय पुगेको थियो ।

बरिष्ठ उपाध्यक्षमा अधिकारी प्यानलबाट यदु अधिकारी र प्रजू प्यानलबाट नारायण कोइरालाले उम्मेदवारी दिएका छन् ।

उद्योगतर्फको उपाध्यक्षमा अधिकारी प्यानलबाट गीता तिवारी गौतम र प्रजू प्यानलबाट बिन्दु सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् ।

वाणिज्यतर्फको उपाध्यक्षमा अधिकारी प्यानलबाट यमनाथ पौडेल र प्रजू प्यानलबाट पवन प्रजापति उम्मेदवार बनेका छन् ।

महासचिवमा अधिकारी प्यानलबाट किसान सुनार र प्रजू प्यानलबाट अर्जुन पोखरेल, कोषाध्यक्षमा अधिकारी प्यानलबाट प्रेम भुजेल र प्रजू प्यानलबाट सुरेन्द्रमान बिजुक्छे, उप-महासचिवमा अधिकारी प्यानलबाट सीता बराल र प्रजू प्यानलबाट चिनु गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

खुल्ला १० सदस्यमा २१ जनाको उम्मेदवारी परेको छ । अधिकारी प्यानलबाट सदस्यमा नारायण पौडेल, डि.बि. भुजेल, पवित्रा गुरुङ, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोखरेल, चन्द्रा शर्मा, उमराज बास्तोला र रुद्र लुइटेलले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रजू प्यानलबाट खुल्ला सदस्यमा बलराम बराल, केशबबहादुर खत्री, दिनेश चन्द्र बास्तोला, कुमारी मुना बास्तोला, कीर्तिबल्लभ त्रिपाठी, बुद्धिबहादुर गहतराज, ऋषिराम भण्डारी, रामप्रसाद गौतम, शोभा गौतम र रामेश्वर अधिकारीले उम्मेदवारी दर्ता गरे । कृष्णप्रसाद तिवारीले भने स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

Comments