एउटा प्रहरी प्रमुख हुनु र नुहुनले एउटा अख्तीयार प्रमुख परिर्वतन हुन नुहुन र प्रध्यान न्याधीश हुनु र नुहुनले फरक पार्ने भनेकै यिनै कुरामा हुन । राजनीतिले कुनै क्षेत्रलाई पनि जुठो हाल्न छोेडेको छैन र परिणाम स्वरुप मानिसहरु आम सर्वसाधारणको जीवनमा परिर्वतन र खुसी ल्यान भन्दा शिर्ष नेताहरुलाई खुसी पार्नमा ध्यान दिन थाले, ज्यान दिन थाले ।
सम्बन्धीत संस्थाको प्रमुख बन्न जनता होइन नेता खुसी पार्नु पर्ने दुखद दिन आएकै कारणले गर्दा नै हो मानिसहरु माथी चढ्ने सेटिङ मिलाउन जोड दिदैछन् । प्रहरी संगठनकै कुरा गरौ । सिनियरहरु मध्ये धेरैले आँफुलाई नेपाल प्रहरीको यसपछिको आइजीका रुपमा देख्न थालिसके ।
सबको दौड र ध्यान अब त्यो पद प्राप्तीमा छ । प्रोमोशन लिन हिरो हुने र त्यसपछि जीरो हुने खेल कसैसँग लुकेन । कार्यमुल्याङकनको अन्तिम क्षमता भनेकै राजनीतिक पहुँच भएपछि कसले सिरियसली काम गर्छ ? बलात्कारको उजुरीको ग्राफ यस्तो छ, २०७२ सालमा ७ सय, २०७३ सालमा ८ सय, २०७४ मा ९ सय उजुरी लगभग छन् ।
निर्मला बलात्कारको ५०/६० दिन यता मात्र २ सय ३० जति घटना छन् जसमा काठमाडांै उपत्यकामा ४५ दिनमा लगभग ४२ घटना भएका छन् । अन्य अपराधका बारेमा नुकरा गरौँ । देशको सुरक्षा स्थीती यस्तो छ । यो र यस्तै कहाली लाग्दो डाटा बोकेर देशका प्रहरी प्रमुख भन्दै हुनुहुन्छ नेपाल प्रहरीलाई एसियाकै होकी साउथ एशियाकै नमुना बनाउँछु रे ।
नसकिने होइन, सकिन्छ, विश्वकै नमुना बनाउन सकिन्छ तर त्यसका लागि अननेसेसरी हिरोइजम देखाउने र प्रोमोशन पड्काउने अनि नेताका घर घरमा जाने प्रणाली सदाका लागि दि एण्ड गर्न सक्नुपर्छ । प्रहरी नेताको घर घरमा जाने कि जनताको घर घरमा जाने हो ?
निर्मला पन्त त एउटा प्रतिनिधि पात्र र घटना हो । पूर्व राजदुत केशव झाको हत्यारा भेटिएनन्, सुन काण्डाका आरोपीहरु छुट्दैछन् । ३३ किलो सुनमा एक लाल सुन पनि कहि कतै भेटिएन, एसिड आक्रमणका घाइतेहरु छट्पटाएको छट्पटाई छन् । फेक इन्काउण्टरको त्रास कायमै छ । आइजी साब तपाइको तारीफमा यो टेलिभिजनले अनगिन्ती कार्यक्रम बनायो, तपाईलाई कति पटक सलाम ठोक्यो, ताली पड्कायो, वाहवाही ग¥यो भन्ने बुझ्न हाम्रो आर्कराइभमा जानुहोला तर आज तपाईसँग केही सीधाकुरा नगरी बस्न सकिएन ।
हिजो तपाई इन्सपेक्टर डिएसपी, एसपी, एसएसपी हुँदाको कार्यशैली क्या थियो । हामी सोझा जनतालाई तपाईलेनै भरोसा दिनुभएको थियो र सोच्न बाध्य पार्नु भएको थियो कि तपाई जस्तो मान्छे आइजी भयो भने देशमा हत्या, हिंसा, बलात्कार, अपहरण त निमिट्यान्नै हुन्छ ।
हामीले धेरै अपेक्षा गरेका पनि हुन सक्छौ तर नेपाल प्रहरीमा आइजी भन्दा ठुलो अर्को पद छैन न त सर्बेन्द्र खनाल जस्तो निडर इमान्दार अफिसरलाई फेरी आइजीबाट एसपी एसएसपी बनाउने प्रावधान नै छ । तर हामीलाई त त्यही निडर, इमान्दार परिणाममुखी सवेन्द्र खनाल नै चाहिएको हो जसको नाम सुन्दा गुण्ड, तस्कर, बलात्कारी, अपहरणकारीको सातो पुत्लो उड्थ्यो ।
एउटा कुरा स्पष्ट र सीधा बताउ कि तपाई आएर शान्ती सुरक्षाको स्थिती बिग्रेको होइन । तपाईलाई त्यस्तो निर्मम आरोप, दोष वा विवादमा तान्ने हाम्रो उदेश्य होइन । तर तपाईको कार्यकालमा शान्ती सुरक्षाको स्थितीमा उल्लेख्य सुधार नआउने पो हो कि भन्ने पिर पर्न थालिनै सक्यो ।
धेरै वर्ष तपाईको वाहवाहीमा विताएको यो टेलिभिजनलाई तपाइसँग यति सीधाकुरा गर्ने हक छ । सर्वेन्द्र खनाल आइजी भएपछि देशको शान्ती सुरक्षामा आकाश पातलको फरक आउनु पर्छ पर्छ । तपाईले नालायक भनेकाहरुको को हुन् थाहा छैन तर नेतृत्व त आफ्टर अल तपाईकै हो आज ।
आइजी साब ! तपाईको नेतृत्वमा प्रहरी संगठनमा व्यापक सुधार आउन अब ढिला नहोस, नत्र बाटोमा कुनै गुण्डालाई सरेआम घिसार्दै, हत्कडी लगाउँदै गरेको नेपाल प्रहरीको कुनै एसपीलाई देखेर जनताले नभनुन् कि यो एसपी आइजी बन्नका लागि हिरोइजम देखाउँदै छ, सिंघम बन्न खोज्दैछ ।
news24nepal.tv
Comments
Post a Comment