गरुड पुराणमा उल्लेख गरिएअनुसार तुलसीबाट पिण्डार्चन गर्न (पिण्ड पाउन) का लागि पितृगण प्रलयपर्यन्त तृप्त हुन्छन्।
जब उनीहरु तुलसीको गन्धसहित पिण्ड प्राप्त गर्छन् प्रसन्न भएर गरुडमा सवार हुँदै विष्णुलोक जान्छन्। पितर (पितृ) प्रसन्न हुनु भनेको सबै देवता प्रसन्न हुनु सरह हो।
शास्त्रहरुमा श्राद्धभन्दा कल्याणकारी कार्य अन्य कुनै पनि नभएको भनेर उल्लेख गरिएको छ। यस्तै वंशबृद्धिका लागि पितृको आराधना नै एकमात्र उपाय भएको शास्त्रमा उल्लेख गरेको पाइन्छ।
आयुस् पुत्रान् यशस् स्वर्ग कीर्तिं पुष्टिं बलं श्रियम्।
पशुन् सौख्यं धनं धान्यं प्राप्नुयात् पितृपूजनात्।। (यमस्मृति, श्राद्धप्रकाश)
पितृको श्राद्ध गर्दा यस्ता फाइदा हुने शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ;
– श्राद्ध–कर्मले मानिसको आयु बढ्छ ।
– पितृगणले मानिसलाई पुत्र (सन्तान) प्रदान गरेर वंश विस्तार गर्छन् ।
– परिवार धन्य–धान्यले भरिपूर्ण हुन्छ ।
– श्राद्ध–कर्मले मानिसको शरीरमा बल–पौरुष (शक्ति) बढ्छ।
– श्राद्ध गर्दा पितृले स्वास्थ्य, बल, श्रेय, धन–धान्य आदि सबै सुख, स्वर्ग र मोक्ष प्रदान गर्छन्।
– पितृको श्राद्ध गरिने परिवारमा कुनै पनि प्रकारको कलह बाँकी रहँदैन।
Comments
Post a Comment