नीताले भनिन् भिनाजु , जवाफमा गोबिन्दाले भने यस्तो !



नेपाली चेली सुनितालाई बिवाह गरेकै कारण बलिउड नायक गोबिन्दालाई नेपालको ज्वाई र अधिकांश फिल्मीकर्मी र दर्शकहरुले भिनाजुको साईनो लगाउँने गरेका छन् । केही नेपाली बोल्न र सबै कुरा बुझन सक्ने गोबिन्दाले काठमाडौ ओलिर्एपछि गरिएको पत्रकार म्मेलनमा जस्तै हिजो मात्र सम्पन्न भएको एलजी सिने अवार्डमा उपस्थित सबैको मन जिते ।

समारोहमा सबैले उनलाई नेपालको ज्वाई र भिनाजुको साईनो लगाईरहेका थिए । त्यसबीचमा उत्कृष्ट नायिकाको अवार्ड थाप्न पुगेकी नीताले बोल्ने क्रममा गोबिन्दालाई भिनाजु भनिन् । उनले भनिन्, “दिदी बिवाह गरेपछि भिनाजु त भन्नु पर्‍यो नी ” । नीताले यसो भनिरहँदा दर्शक दिर्घमा बसेका गोबिन्दा र उनको छोरी टीना पनि मुसुक्क हासे ।त्यसपछि जब गोबिन्दाको बोल्ने पायो आयो तब उनले पनि नीताको कुरालाई स्मरण गर्दे साली भनिदिए ।

“मेरी साली पनि आएकी छिन् रे ” उनले हाँस्दै भने । लामो समय लिएर बोलेका गोबिन्दाले विश्वको जुन सुकै कुनामा गए पनि उनलाई देखेर पछाडीबाट धेरैले भिनाजु भनेर बोलाउँने गरेको बताए । उनले भने “यति भनेपछि उ पक्कै नेपालबाट आएको हो भनेर बुझिहाल्छु” । मैले नेपालबाट धेरै माया पाएको छु , नेपाल प्रेम र साहसको प्रतिक हो” । मौका मिले नेपाली फिल्म खेल्न पनि आफु तयार रहेको बताउँदै आएका गोबिन्दाले हिजोमात्र पशुपतीनाथको दर्शन समेत गरिसकेका छन् ।

Comments