सुँघेपछि भुक्न थाल्यो कुकुर, जमिनमुनि खनेर हेर्दा उड्यो होश



ब्युनस आयर्स (एजेन्सी)। अर्जेन्टिनामा केही समयअघि एउटा निकै रहस्यमय घटना भयो । यहाँका एक किसान कुकुरलाई लिएर खेतमा घुम्दै थिए । उनको कुकुरले एक ठाउँमा जमिन सुँघ्यो र भुक्न थाल्यो । उनले पुलिसलाई खबर गरे । जमिन खन्दै जाँदा निकै रहस्यमय वस्तु निस्कियो । यसलाई देखेर सबैले फरक फरक अनुमान गर्न थाले ।

पुरातत्वविद्लाई खबर गरियो त्यसपछि थाहा भयो २ टनको यो वस्तु एक ग्लिप्टोडोन नामको जनावरको अवशेष थियो । यो जनावर पृथ्वीमा १० हजार वर्ष पहिले पाइन्थ्यो ।ब्युनस आयर्सका उक ािसान जोस एन्टोनियो निवेश क्रिसमसको विदामा आफ्नो खेतमा घुम्दै जाँदा यो रहस्यमय वस्तु भेटेका थिए ।

सुरुमा उनलाई लाग्यो कि यो डायनोसरको अण्डा थियो । तर, कसैले पनि सही अनुमान गर्न सकिरहेका थिएनन् । यही बीचमा कसैले पुलिसलाई खबर गरिदिए । पुलिसले पनि यसबारे केही बुझ्न सकेन । त्यसपछि पुरातत्वविद्लाई बोलाइयो । पुरातत्वविद्ले केही समयको अनुसन्धानपछि यो निष्कर्षमा पुगे कि यो वस्तु ग्लिप्टोडोनको अवशेष थियो ।

Comments