एजेन्सी: इन्टरनेटको दुनियाँले धेरै कुरा सहज बनाएको छ । केही समय देखि सामाजिक सञ्जालमा निकै बहसको विषय बनेको चिनियाँ युवतीले भारतीय युवासँग विवाह गर्न किन रुचाउँदैनन् भन्ने विषय सामाजिक सञ्जालको अत्याधिक चर्चाको विषय बनेको छ ।
चिनको एक वेबसाइड झिहुँबाट उठेको उक्त विषय जिज्ञासाको रुपमा उठेको थियो । वेबसाइटमा थुप्रै प्रयोगकर्ताहरुले आफ्नै तरिकाको जवाफ दिन्थे । पछिल्लो समय एक महत्वपूर्ण विषय नै बनेको छ । धेरै मान्छेको बीचमा बहसको विषय स्थापना भएको छ । कतिले चिन र भारतको संस्कार फरक भएको कारण विहेवारीका समस्या आएको बताएका छन् । १२ लाख मानिसको चित्त बुझ्दो जवाफ बनेको छ ।
भारतीय संस्कारमा बुहारीले निभाउने सस्कार र चिनियाँ बुहारीले निभाउने संस्कार फरक छ । तर संसार यति साँघुरो बनेको छ जहाँ सबै मानिस एकै हुन भिन्न छैनन् । कामको सिलसिलामा एक देश बाट अर्को देशमा जाने क्रममा हरेक मानिसको एक अर्को समाजको संस्कार बुझिसकेका हुन्छन् । त्यहि घरजम गर्ने संस्कार पनि विकास नभएको होइन् ।
चीनको कुल जनसंख्यामा महिलाभन्दा पुरुषको संख्या ३४ लाखले बढी छ । लामो समयसम्म रहेको एक सन्तान नीती प्रमुखको कारण तीन वर्ष पहिला एक दम्पतिले छोरा वा छोरी एक सन्तान मात्र जन्माउन पाउने नियम रहेको थियो । हालको चिनियाँ सरकार उक्त निती परिवर्तन गर्न सक्ने सोचमा रहेको छ । यस्तै भारतमा महिलाको कुल जनसंख्याभन्दा पुरुषको संख्या ३७ लाखले बढी छ । भारतमा आफूखुसी सन्तान जन्माउन पाउने अधिकार छ ।
अझ भारतमा गर्भमा छोरी रहेको थाहा हुने बित्तिकै लुकीछिपी भ्रुणहत्या गर्नेको संख्या अधिक भएका कारण पनि भारतमा महिलाभन्दा पुरुषको संख्या बढी भएको बताइन्छ । भारतमा विहे गर्दा दाइजो तिलक दिन नपाउने नियम रहेपनि कार्यान्वयन भएको छैन् । भारतमा विवाह गर्दा थुप्रै गरगहना समान लिने चलन रहेको छ । कतिले त मागेर पनि लिने गरेका छन् । तर चिनमा भने ठिक उल्टो छ । दुलहीको परिवारले दुलहिको मूल्य भेटी दिने प्रचलन रहेको छ ।
झिहुँ नामको उक्त वेबसाइडका अनुसार चीनमा सामान्यतया बिहेको छिनोफानो टीकाटालो गर्दा एक लाख युआन अर्थात करिब १६ लाख नेपाली रुपैयाँ उपहारस्वरूप केटी पक्षलाई दिने प्रचलन छ । चिनमा ठूलो रकम खर्च गरेर आफ्नो छोरीको विवाह गर्नुको साटो बिहे गराएमा मोटो रकम कमाउन सकिन्छ । चिनको ग्रामीण बस्ती पनि भारतको भन्दा कयौँ गुणा राम्रो रहेका छन् ।
दुई देशका बीचमा सांस्कृतिक सम्बन्ध राम्रो हुँदै गएको छ । तर, भारतीय युवती र चिनियाँ युवाको जोडी अन्य मुलुकका जोडीको तुलनामा निकै कम देखिन्छ । चिनियाँ सरकारी समाचार पत्र ग्लोबल टाइम्सका अनुसार चीनको सन्देश दिने एक एप्समा दुई सय अन्य मुलुकको जोडीमा एक जोडी मात्र यस्ता छन् जो भारतीय केटी चिनियाँ केटा छन् ।
उनले केही लोभिपापीका कारण पूरा भारत दाइजो तिलकको नाममा बदनाम भएको उल्लेख गरेका छन् । भारतका चर्चित नायक आमिर खानको सिनेमा दंगलको कथालाई उठाउँदै उनले लेखेका छन् । ‘भारत र चीनको सहरी मध्यमवर्गमा खास केही फरक छैन । यो दुवै देशका वर्ग बिन्दास छन् ।
उनीहरूको जीवनशैली आरामको छ । अर्को कुरा ‘कैयौँ भारतीय पुरुष चीन र हङकङमा काम गर्छन् । उनीहरू लामो समयदेखि यहाँ बसोबास पनि गरेका छन् । तर, यहाँ भारतीय महिलाको संख्या शून्यजस्तै छ । मुस्किलले भेटिन्छ भारतीय महिला । यसको विपरीत अफ्रिकामा कयौँ चिनियाँ पुरुष काम गर्छन् ।'
‘भारतीय महिलामाथि पारिवारिक सम्बन्धलाई राम्रो बनाउने भन्ने चर्को बोझ पनि रहनेछ, यसको साथै भारतीय पुरुष हेर्दा आकर्षक पनि देखिन्छन् । उनीहरूका अघि चिनियाँ पुरुष त्यति आकर्षक देखिँदैनन् । मान्छेले आफ्ना लागि रोजेको साथी हेर्दा पनि राम्रो होस् भन्ने चाहन्छ ।
सामाजिक सञ्जालमा यहि विषयलाई लिएर बनेको एक ठूलो विषयको कारण भारतीय अभिभावकहरु आफ्नो छोरीको विवाह चिनियाँ युवासँग भन्दा युरोपियनहरुसँगह हो् भन्ने चाहन्छन् । उनीहरुको दबाबको कराण् छोरीहरु स्वयम् चिनियाँ भन्दा अन्य मुलुका युवाहरु रोज्न बाध्य हुन्छन् ।
Comments
Post a Comment