हिजो राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा के भएको थियो ? घटना कसरी घट्यो ? सबै पत्ता लगाउने छानबिन समिति गठन

हिजो राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घटेको घटनाको छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले छानबिन समिति गठन गरेको छ । यति एयरलाइन्सको जहाज अवतरणको क्रममा धावनमार्ग बाहिर गएको घटनाको छानबिनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले समितिनै गठन गरेको हो ।
शनिबार बेलुका ८ बजेर ३१ मिनेट जाँदा नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यति एयरलाइन्सको जहाज अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको थियो । जहाजमा आंशिक क्षति पुगे पनि जहाजमा रहेका २१ यात्रु र तीन जना चालक दलका सदस्यलाई सकुशल उद्धार गरिएको थियो ।
प्राधिकरणले वरिष्ठ एयर वर्दिनेस निरीक्षक भेषराज सुवेदीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । समितिमा क्याप्टेन दधिराम निरौला, क्याप्टेन गोपाल सिंह बिष्ट र एयरवर्दिनेस निरीक्षक रितेशराज पन्त रहेका छन् । छानबिन समितिलाई सत्यतथ्य प्रतिवेदन बाहिर ल्याउन भनिएको छ ।
Comments
Post a Comment