भदौ– चारदिने चीन भ्रमणमा रहेका अध्यक्ष प्रचण्डले आइतबार चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलहरुको अवलोकन गरेका छन् । अध्यक्ष प्रचण्डले सन् १९४५ मा चीनको येनान प्रान्तमा सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टीको सातौं महाधिवेशन स्थलको अवलोकन गरेका हुन् ।
उक्त महाधिवेशनले चिनियाँ क्रान्तिलाई विजयमा पुर्याउने ऐतिहासिक निर्णयहरु गरेको मानिन्छ । अध्यक्ष प्रचण्डले त्यसपछि सन् १९४२ मे मा सम्पन्न ऐतिहासिक येनान साहित्यिक गोष्ठी स्थलको अवलोकन गरे । सोही सन्दर्भमा अध्यक्ष प्रचण्डले येनानमा सन् १९३८ देखि सन् १९४५ सम्म रहेका माओले पहाड खोलेर बनाइएको घरको अवलोकन गरे ।
सो स्थानमा माओले प्रयोग गरेका कोठा, पुस्तक, टेबुल, पत्रपत्रिका आदिको अध्यक्ष प्रचण्डले अवलोकन गरेका छन् । उनले त्यसपछि येनानमा बनेको प्यागोडा शैलीको नौ तले टावरको अवलोकन समेत गरे । उक्त स्थानबाट येनानको सानो भ्याली देखिन्छ । त्यसको ठीक माथिल्लो डाँडामा प्यागोडा शैलीको मन्दिर छ । उक्त स्थानबाट चिनियाँ लालसेनाले निगरानी गर्ने गर्दथ्यो ।
सोही स्थानमा जनयुद्धको समयमा माओका लालसेनाले जापानी सेनाका लगभग १ सय जनालाई नियन्त्रणमा लिई प्रशिक्षण दिएर जापानी आक्रमणकारीको बिरुद्धमा तयार पारेको थियो ।
त्यसैगरी उक्त स्थानमा चाउयनलाई प्रधानमन्त्री भइसकेपछि गाडीमा त्यहाँ पुग्दा सो गाडी फसेपछि जनताले निकालिदिएका थिए । तत्कालै प्रधानमन्त्रीको आदेशमा सरकारले उक्त स्थानमा पुल निर्माण गरेको थियो । त्यस पुललाई आजभोलि मानिसहरु प्रधानमन्त्री पुलको नामले सम्बोधन गर्दछन् ।
Comments
Post a Comment