कलैया । रेडियो सिमरा ९१.२ मेगाहर्जको आयोजनामा ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवस्था, मुअब्जा वितरण र बस्ती व्यवस्थापन’ विषयक जनसरोकार बहस कार्यक्रम आज जितपुर सिमरा उपमहानगरपालिका-१६ को टाँगीया बस्तीमा सम्पन्न भएको छ।
कार्यक्रममा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम रोक्न विभिन्न षड्यन्त्र भएपनि विमानस्थल निर्माणको काम सम्पन्न गरेर छाड्ने बताए। उनले विमानस्थल निर्माणको पहिलो चरणमै टाँगीया बस्ती व्यवस्थापन र अन्य स्थानको जग्गाको मुअब्जासमेत वितरण गराउने प्रतिबद्धता व्यक्त गरे।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख ओम शर्माले विमानस्थल निर्माणको क्षेत्रमा घेराबारसहित काम अघि बढिरहेको जानकारी दिँदै टाँगीया बस्तीका जनतालाई उचित व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा टाँगीया बस्ती सरोकार समितिकी सल्लाहकार पवित्रा कार्की आफूहरुलाई न घर न घाटको बनाउने हो कि भन्ने भय रहेको चिन्ता व्यक्त गर्दै घरबासको पहल गरिदिन आग्रहसमेत गरे।
Comments
Post a Comment