
काठमाडौं । लाइबेरियाका राष्ट्रपति जर्ज वेहले ५१ वर्षको उमेरमा देशका लागि मैत्रिपूर्ण खेल खेलेका छन् । तर, उनको टिम नाइजेरियासँग २–१ ले पराजित भएको छ ।
राजधानी मनरोभियामा भएको खेलमा फिफा प्लेयर अफ दि इयर अवार्ड जित्ने पहिलो अफ्रिकन खेलाडीसमेत रहेका वेह ७९ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।लाइबेरियाले १४ नम्बरको जर्सीको ‘सन्यास’का लागि नाइजेरियासँग मैत्रिपूर्ण खेल आयोजना गरेको थियो, जुन नम्बर वेहले खेल करियरका क्रममा लगाउँथे । वेह मैदान प्रवेश गर्दा दर्शकहरुले आफ्नो स्थानमा उठेर सम्मान प्रकट गरेका छन् ।
वेह गत जनवरीमा राष्ट्रपति चुनिएका थिए ।
Comments
Post a Comment