
नेपालीहरुको महान चार्ड तिज आउने लाग्दा तीज भाकामै ब्याकरण समाबेश रहेको नयाँ गीतको भिडियो सार्बजनिक भएसँगै गीतले औधी चर्चा बटुलेको छ । प्रत्येक वर्ष तीजलाई हर्षोल्लासका साथ मनाउन तीज विशेष गीतहरू निस्किरहेका बेला फरक शैलकिो गीत गीतमा व्याकरणका ‘ह्रस्व, दीर्घ’का नियमबारे सिकाइएका शब्दहरु समावेश गरेर बनाइएको गीत ट्रेन्डिगंमा पर्न सफल भएको छ ।यो समाचार तयार गर्दासम्म गीतले करिब २ लाख दर्शक पाएको छ भने गीत २६ औँ नम्बरको ट्रेन्डिगंमा उक्लिएको छ । काठमाडौंको शंकमुलस्थित अवार्नेस इन्टरनेसनल एकेडेमी स्कुलका विद्यार्थीहरूले गाएको तीज गीतको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । गीतमा व्याकरणका ‘ह्रस्व, दीर्घ’का नियमबारे सिकाइएका छन् ।
विद्यालयका प्रबन्ध निर्देशकसमेत रहेका नेपाली शिक्षक विमल घिमिरेले यस्तो गीतको रचना गरेका हुन्। सोही भिडियो म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको हो। थप जानकारीको लागि भिडियो :-
Comments
Post a Comment