नायिका पुजा शर्मा र नायिका आँचल बिच पानी बाराबारको अबस्था



चर्चित दुई अभिनेत्री बीच पानी बाराबारको सम्बन्ध भएको जानकारीमा आएको छ । जापानको टोकियोमा सूर्य इन्टरनेशनल अवार्डका लागि हिँडेका कलाकार पूजा र आँचलबीचको सम्बन्ध विमानस्थलमा छर्लङ्ग भएको थियो ।उनिहरु विमानस्थल देखी नै बोलेनन् ।बोल्ने त के कुरा एकअर्काको अनुहार समेत हेरेनन् ।

केही समयअघि पूजालाई लक्षित गरी आँचलले फेसबुकमा स्ट्याटस लेखेपछि सम्बन्धमा रहेको खटपटको शंका गरिएको थियो । खासमा पूजाको सम्बन्ध अरु अभिनेत्रीहरु सग पनि त्यति राम्रो भने छैन । कार्यक्रममा कार्कीले सबैसँग हात मिलाउदा पुजालाइ फर्केर पनि हेरेकी थिइनन् ।दुवैलाई मिलाउनका लागि अभिनेत्री रेखा थापाले पहल गरे पनि सुष्मा टाढिएकी थिइन् ।

Comments