

कालिका मिडिया र महाकालेश्वर शिव मन्दिरको संयुक्त आयोजनामा भएको तीज महोत्सवको सुरुवातमा चर्चीत गायीका अमृता लुङगेली मगरले माहोल ततायो छ ।
भरतपुर महानगरपालिका १० महाकालेशवर शिव मन्दिर परिषरमा भएको कार्यक्रममा चर्चीत गायीका अमृता लुङगेली मगरले बिभिन्न गीत गाएर माहोल तताएको हो । मगरले “तिज आयो नाँच संगीनी हो” , “जो धेरै नाच्छ उहि धेरै बाच्छ” लगाएतका चर्चित लोक गीतहर गाएका थिए । गायीक मगरले महोत्सवमा हजारौ दर्शकमाझको साथमा आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।
यस्तै गरि महोत्सवमा अन्य राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहने छन् । जारी तिज महोत्सवमा नेपाली चलचित्रका चर्चित कलाकारको समेत प्रस्तुति रहने कालिका मिडियाले जनाएको छ ।
Comments
Post a Comment