
भदौ ३० – दिल्लीमा एकै परिवारका ११ जनाको शव झुण्डिएको अवस्थामा फेला परेको घटनाले विश्वलाई नै स्तब्ध बनाएको थियो । उनीहरुले आत्महत्या गरेका हुन की हत्या हो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको थियो । अन्तत २ महिनापछि उनीहरुको मृत्युको रहस्य खुलेको छ । प्रहरीका अनुसार उक्त परिवारले धार्मिक अनुष्ठान गर्ने गरेको र उनीहरुले मर्ने उदेश्यले नै फाँसी नलगाएको रिपोर्टमा उल्लेख गरेको छ ।
धार्मिक अनुष्ठानको क्रममा उनीहरुलाई विश्वास थियो की मरेपछि आत्म बाहिर निस्कन्छ र पछि फेरी धार्मिक अनुष्ठानको प्रभावले आत्म शरिरमा आएपछि जिवित भईन्छ भन्ने ठानेर उक्त कदम चालेका थिए । प्रहरीको बिषेश अनुसन्धानको टोलीले उनीहरुका आफन्त र छिमेकीसंगको लामो सोधपुछ र अनुसन्धानपछि उक्त रिपोर्ट निकालेको हो ।
घटना भएलगत्तै प्रहरीले घरमा खोजतलास गर्दा किताब फेला पारेका थिए । जसमा लेखिएको थियो शरिर मर्छ आत्मा अमर रहन्छ । किताबमा मानिसले हात मुख छोपेर कसरी डरबाट निजात पाउँन सक्छ भनेर पनि लेखिएको भनी प्रहरीले त्यतीबेला नै उद्धृत गरेको थियो । प्रहरीले घटनालाई आत्महत्या , हत्या र अन्धविश्वास तीन तरिकाले घटनाको छानबिन गरेको थियो । मृतकहरुमा ४५ , ४२ , २४ , २२, १५ ,४२ , ३८ , ७५ , ५८ , ३० र १२ बर्षीय बालक समेत रहेका थिए ।
Comments
Post a Comment