दैनिक फिल्मको अफर आउँछ, स्टारडम घटेको छैनः साम्राज्ञी


नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहका पछिल्लो समय रिलिज भएका २ चलचित्र ‘तिमी सँग र कायरा’ले बक्स अफिसमा कुनै कमाल मच्चाएनन् । यसपछि साम्राज्ञीको स्टारडम घटेको चर्चा हुन थालेको छ । साम्राज्ञीलाई दर्शकले पत्याउन छाडेका त होइनन् भन्ने पनि धेरैलाई लाग्ने गरेको छ । तर, साम्राज्ञीलाई भने त्यस्तो लाग्दैन ।

पोखरामा चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को प्रचारका लागि पुगेकी साम्राज्ञीले आफूलाई त्यस्तो नलाग्ने बताइन् । उनले भनिन्-‘मलाई दर्शकहरुले विर्सनु भएको छैन । म निरन्तर आइरहेकी छु र त उहाँहरुको माया पाएकी छु ।’
साम्राज्ञीले आफूलाई दैनिक चलचित्रको अफर आउने गरेको बताइन् ।

Comments