२९ भदौ, काठमाडौं । प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि बिदामा बसेर बिहीबारबाट इजलास फर्केका न्यायाधीश दीपकराज जोशीले स्वास्थ्य संस्थामा बन्द, हड्तालजस्ता आन्दोलनका कार्यक्रम सञ्चालन गर्न नपाइने फैसला गरेका छन् ।
बिहीबार नेपाल चिकित्सक संघको नाममा आदेश जारी गर्दै जोशीले स्वास्थ्य सेवाजस्तो आधारभूत क्षेत्रमा बन्द हडताल गर्न नपाइने फैसला गरेका हुन् ।उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता विष्णुप्रसाद तिमिल्सनाले स्वास्थ्य क्षेत्रजस्तो आधारभूत क्षेत्रमा बन्द हड्ताल गर्न नहुने भन्दै दायर गरेको रिटमा सर्वोच्चले यस्तो फैसला गरेको हो ।
गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै विगतदेखि नै स्वास्थ्य क्षेत्रमा बन्द, हडताल गर्दै आएको संघले मुलुकी अपराध (संहिता) ऐन २०७४ संशोधनका विषयलाई लिएर आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । तर सरकारले संहिताका त्रुटि सच्याउने सहमति गरेपछि उसले भदौ २६ गतेसम्मको समय दिएको थियो ।
Comments
Post a Comment