काठमाडौं । काठमाडौँको ज्याठा क्षेत्रमा आगलागी भएको छ । स्थानीय सुनीलमान स्थापितको घरबाट मंगलबार बिहान ०४ः२५ बाट शुरु आगो छिमेकको अर्को घरसम्म फैलिएको हो । जमलको एल्लो प्यागोडा होटेलबाट भित्रतर्फको सानो गल्लीतर्फ जाने बाटोमा उक्त घर रहेको छ । महानगरीय आयुक्तको कार्यालय रानीपोखरीका अनुसार आगो लागेपछि ट्राभल्स एजेन्सीमा रहेका हिमाल आरोहणका क्रममा प्रयोग गरिने अक्सिजन ग्यास सिलिन्डर विस्फोट भएका छन् ।

काठमाडौं । काठमाडौँको ज्याठा क्षेत्रमा आगलागी भएको छ । स्थानीय सुनीलमान स्थापितको घरबाट मंगलबार बिहान ०४ः२५ बाट शुरु आगो छिमेकको अर्को घरसम्म फैलिएको हो ।
जमलको एल्लो प्यागोडा होटेलबाट भित्रतर्फको सानो गल्लीतर्फ जाने बाटोमा उक्त घर रहेको छ । महानगरीय आयुक्तको कार्यालय रानीपोखरीका अनुसार आगो लागेपछि ट्राभल्स एजेन्सीमा रहेका हिमाल आरोहणका क्रममा प्रयोग गरिने अक्सिजन ग्यास सिलिन्डर विस्फोट भएका छन् ।ग्यास पडकिँदा ज्याठा र क्षेत्रपाटी क्षेत्रका बासिन्दा भागाभाग भएको थियो । आगलागीका क्रममा भाग्न खोज्दा केही स्थानीयबासी लडेर घाइते समेत भएका छन् । आगो लागेपछि झ्यालबाट हाम फालेर भाग्ने क्रममा घाइते भएका २ जनालार्इ उपचारका लागि वीर अस्पताल पठाइएको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जानकारी दिएको छ ।
स्थानीयबासी सागर तुलाधरका अनुसार मिनेट मिनेटको अन्तरमा पुरै ज्याठा क्षेत्र थर्किने गरी करिब ४० देखि ५० वटा अक्सिजन ग्यास सिलिन्डर पड्किएका थिए । अक्सिजन ग्यास सिलिन्डर विस्फोटको आवाजले ज्याथा र क्षेत्रपाटी क्षेत्रबासीबीच भागाभाग भएको प्रहरीले जनाएको छ । ग्यास विस्फोटपछि त्यस क्षेत्रका मानिसहरू सबेरै बिहान घर छाडेर जमलतर्फ सुरक्षित स्थानमा निस्केका थिए ।
आगोले ठूलो रुप लिएपछि उपत्यकाका सबै दमकल घटनास्थलमा पुगेका थिए । आगो समयमै नियन्त्रण गर्न नसक्दा रु १० करोड बराबरको क्षति अनुमान गरिएको प्रहरीले जनाएको छ ।
Comments
Post a Comment