निर्मला हत्याकाण्ड : सीआईबीका डीएसपीसहित ४ जना निलम्बन



काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अनुसन्धानमा संलग्न सीआईबीका डीएसपीसहित ४ जना प्रहरी अधिकारीलाई सरकारले निलम्बन गरेको छ।

उनीहरुले घटनाको अनुसन्धानमा जिम्मेवारीपूर्ण ढंगबाट नलागेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का डीएसपी अंगुर जिसी र डिएसपी ज्ञानबहादुर सेटी, प्रहरी उपरीक्षक जगदिश भट्ट, प्रहरी निपरीक्षक एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्न गरिएको गृह मन्त्रालयले जनाएको छ ।

कारगार व्यवस्थान विभागका सहसचिब हरीप्रसाद मैनालीको संयोजकत्वमा गठन गरिएको छानविन समितिले शनिबार गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको छ । सो प्रतिवेदनमा बालिकाको हत्यापछि गर्नुपर्ने अनुसन्धान कार्य जिम्मेवारीपूर्जक गर्न नसकेका सुरक्षाकर्मीलाई नै अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरिएको छ। प्रतिवेदनका आधारमा उनीहरुलाई निलम्बन गरिएको गृहमन्त्रालय स्रोतले जनाएको छ।

यो घटनामा कञ्चनपुरका एसपी डिल्लीराज विष्ट यसअघि नै निलम्बनमा परेका छन् । प्रतिवेदनले केही औल्याएका संदिग्ध व्यक्तिहरुलाई छानविनको दायरामा ल्याई अनुसन्धान अगाडि निर्देशन दिएको छ।

घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान भइरहेको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘यस आपराधिक घटनामा जो कोही संलग्न भएपनि कानुनी दायरामा ल्याई कारबाही गर्न मन्त्रालय प्रतिवद्ध छ।’

Comments