निर्मलाका निम्ति न्याय माग्दै देशैभर प्रदर्शन, काठमाडौंमा हजारौं सडकमा



बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्दै शनिबार हजारौँ मानिस सडमा उत्रिएका छन्।बास्तविक हत्यारा पत्त्ता लगाइ कारबाही गर्न र पीडित परिवारलाई न्याय दिन आह्वान गर्दै गरिएको प्रदर्शनमा स्वतःस्फर्तरुमा हजारौँ मानिस सहभागी भएका हुन्।राजधानी काठमाडौँ लगायत देशैभर निर्मलाका पक्षमा न्याय माग्दै प्रदर्शन गरिएको छ।काठमाडौँमा भएको प्रदर्शनमा पनि हजारौँ मानिस सहभागी भएका छन्। ‘निर्मलाका निम्ति न्याय’, ‘दोषीलाई उन्मुक्ति, निर्दोषलाई यातना?’, ‘सरकार देखाउ इच्छा, खै त महिलाको सुरक्षा’, सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी’ लगायतका प्लेकार्डसहित हजारौँ मानिसले सरकारलाई खवरदारी गरिरहेका छन्।

निर्मलाका लागि न्याय खोज्दै काठमाडौँमा गरिएको प्रदर्शनमा उनका आमाबुबा समेत सहभागी छन्।माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन सयौं सहभागी थिए ।बानेश्वरमा पुगेर सहभागीहरुले नाराबाजी गरिरहेका बेला निर्मलाका बुबा यज्ञराज र आमा दुर्गादेवी पनि पुगेकी थिइन् ।उनीहरुले सहभागीहरुप्रति हात छाडेर अभिवादन गरे । साथै बाबु राज्ञराजले ‘निर्मलालाई न्याय दे’ भन्दै नारा लगाए भने आमा आमा दुर्गादेवीले न्याय दिलाउने आशा पलाएको बताइन् ।

Comments