एजेन्सी: इजरायलको तल अविव शहरमा जन्मिएकी ५ वर्षिय बालिका मिया आफ्नो सुन्दर र चम्किलो कपालको कारण सामाजिक सञ्जालमा भाइरल भएकी छन् । यो फेसन मार्केट र इन्टरनेटको दुनियाँमा उनले आफ्नो सुन्दरताको कारण निकै तहल्का मच्चाएकी छन् ।
बालिकाको यति सुन्दर तस्वीर इजरायलको भोग पत्रीकाले प्रकाशन गरेको थियो । बालिकाको सुखद क्षेण खोसिएकोमा केही मानिसहरु उनका बाबुआमा देखि असन्तुष्ट रहेका छन् । यतिबेला उनका फ्यानहरु थुप्रै भइसकेका छन् ।केही मानिसहरु उनको सुन्दर कपाल हेर्नकै लागि भएपनि उनी भएको ठाउमा आउने गरेका छन् । उनको कपाल चर्चित मोडलहरुलाई टक्कर दिने खालको रहेको छ । उनको कपाल स्याहार गर्नको लागि एक हेयर स्टाइलिस्ट पनि राखेका छन् । तर कतिपय मानिसहरुले भने उनलाई प्रदर्शनमा राखेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
Comments
Post a Comment