
असोज, काठमाडौं । सोमबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुमा कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरण छानबिन गर्न अर्को समिति गठन भएको समाचार प्राथमिकतामा परेका छन् । प्रहरीमाथि नै छानबिन गर्न प्रहरीकै टोली गठन गरिएको, अनुसन्धानको जिम्मा कञ्चनपुर प्रहरीलाई नै दिइएको, छानबिन अब सेनामाथि पनि हुने भएको लगायतका समाचार आजका पत्रिकामा छन् ।
दुःख लाग्दो कुरा त के छ भने निर्मलाको बलात्कारपछि हत्या भएको झण्डै दुई महिना पुग्दै छ तर वास्तविक हत्यारा पत्ता लाग्न सकेको छैन । र, यसबीचमा २२५ चेली बलात्कृत भएका छन् । केन्द्रीय राजधानी काठमाडौंमा मात्रै ४५ दिनमा ४२ जना बलात्कृत भएका छन् । निर्मलाको गृह जिल्ला कञ्चनपुरमै आठ जना बलात्कृत भएका छन् ।निर्मला हत्याः छानबिन अब सेनामाथि पनि
‘पुलिसको त्रास मर्यो, न्यायको आस टर्यो’ शीर्षकको समाचारमा नयाँ पत्रिकाले माथिका विवरणहरु उल्लेख गरेको छ । साथै निर्मलाको हत्या अनुसन्धान सैनिकमाथि पनि गर्न उच्चस्तरीय छानबिन समितिले सुझाव दिएको समाचार पनि छ ।
Comments
Post a Comment