
२८ भदौ, काठमाडौं । डाटसन पछिल्लो समयमा नेपालमा रुचाइएको अटोमोबाइल ब्राण्ड हो । नेपालमा गाडीको प्रवेश भएको ४ वर्षकै बीचमा डाटसनको नेपालमा इन्टि्र लेभलको कार सेगमेन्टमा मुख्य प्रतिस्पर्धी बनेको छ ।
डाट्सनले सन् ०१४ को सेप्टेम्बरमा ‘गो’ मार्फत नै नेपाली बजारमा सानदार रि-इन्ट्री गरेको थियो । ‘गो’पछि ल्याइएको ‘गो प्लस’ र ‘रेडि-गो’ ले डाटसनलाई उचाईमा लैजाँदैछ र पछिल्लो पटक आएको हजार सीसीको ‘रेडी गो-१.०’ को पनि यसमा योगदान दिएकै छ । अब अर्को वर्ष डाट्सनले नेपाली ग्राहकका लागि अरु आकर्षक उत्पादनहरु प्रस्तुत गर्ने बताउँछन् पायोनिर मोटो कपका सिनियर म्यानेजर ज्ञानेन्द्र चन्द ।मोटरसाइकलमै जिन्दगी गुजार्ने वर्गमा लागि डाटसन नेपालमा निर्विकल्प र जबरजस्त गाडी भएको कम्पनीको भनाइ छ । मध्यमवर्गको अफोर्ड गर्न सक्ने डाटसनका गाडी गुणस्तरका हिसावले पनि अब्बल भएको कम्पनी बताउँछ । त्यसैले नेपाल प्रवेशको यति छोटो समयमा नै डाटसन ब्राण्डलाई पुनः नेपालमा स्थापित हुने अवसर मिल्यो ।
शक्तिशाली गाडीहरु अफोर्डेबल मूल्यमा पाउनु नेपालीका लागि सरप्राइज भएको चन्द बताउँछन् । ‘सस्तोमा राम्रो गाडी’ दिने ब्राण्डका रुपमा डाटसनले चिनिएको छ ।
‘हामी ४ वर्षकै बीचमा नेपाली कार ग्राहकको भरपर्दो विकल्प बनेका छौं । नेपाली बजारमा प्रवेशको छोटो समयमै डाट्सनलाई ग्राहककको न्यानो माया प्राप्त भएको छ,’ म्यानेजर चन्दले भने, अफोर्डेबल मात्रै हैन, गुणस्तरीय उत्पादनका कारण नेपाली ग्राहकलाई डाटसनले राम्रोसँग तान्न सक्यो । नाडामा हाम्रो स्टलमा दर्शकको भीडले यसलाई पुष्टी गर्छ ।’
डाट्सनका विभिन्न कारहरु अहिले नेपाली बजारमा बाक्लो मात्रा देखिन्छन् ।
‘रेडी गो’
डाट्सनको भनाइ मान्ने हो भने मूल्य र गुणस्तरीयताको हिसाबले ग्राहकको मन जित्न सफल कार होे ‘रेडी गो’ । यो पेट्रोल इञ्जिन जडित यो अर्वन क्रस कार हो । नेपाली बजारमा यसको न्युनतम् मूल्य नेपाली बजारमा १५ लाख २५ हजार रुपैयाँ रहेको छ ।१ हजार सिसीको इञ्जिनवाला रेडी गो पनि २० लाख ५९ हजारमा किन्न पाइन्छ । अझ कम्पनीले नाडामा छुटसहित र विभिन्न सुविधासहित ग्राहकलाई बेनिफिट दिइरहेको छ ।
‘रेडी गो’ फेमिली ह्याचब्याक कार हो । यसले सेगमेन्टकै उत्कृष्ट माइलेज दिने दावी कम्पनीको छ । नयाँ रेडी गोले प्रतिलिटर २२.५ किलोमिटरको माइलेज दिन्छ । जसले गाडी प्रयोगकर्तालाई आर्थिक भार कम पर्छ ।
यसमा फाइभ स्पिड म्यानुअल ट्रान्समिसन रहेको छ । यो गाडी १५.९ सेकेण्डमै १०० किलोमिटर प्रतिघण्टाको गतिमा दौडिन सक्छ । जसले गर्दा काठमाडौ लगायत सवारी जाम हुने शहरमा यसको महत्व बढेको कम्पनीको दावी छ ।
रेडी गो कारको सबैभन्दा आकर्षक पक्ष हो, ग्राउन्ड क्लियरेन्स । यसमा १८५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स छ । ह्याचब्याक कार भएर पनि यसमा एसयुभी कारको जत्तिकै ग्राउन्ड क्लियरेन्स छ । यसको १.० लिटरको पेट्रोल इञ्जिनले ६७ बीएचपी पावरसहित ९१ एनएमको टर्क उत्पादन गर्छ ।
फिचर्सको पक्षबाट हेर्दा पनि यो निकै सबल छ । यसको एक्स्टेरियर लुक्स निकै ग्ल्यामरस र बोल्ड छ । यसमा सिल्भर डेकोरेशनसहित स्टाइलिस हेडल्याम्प्स दिइएको छ ।
फ्रन्ट ग्रीलमा क्रेम एसेन्ट फ्रेम छ । डेटाइम रनिङ ल्याम्पस, विन्डसेल्ड ग्रीन ग्लास, एन्टेना र ड्राइभर तथा पेसेन्जर आउटसाइड मिररले यसलाई आकर्षक बनाएको छ । इन्टेरियरमा पनि यो गाडी सफा र आरामदायी फिचर्सले सुुसज्जित छ । यसको क्याबिन कम्पनीले निकै व्यावहारिक ढंगले बनाएको छ ।
यसमा यात्रा गर्ने यात्रुको सहजताका लागि ‘लेगरुम’लाई पनि फराकिलो बनाइएको छ । गाडी भित्रको पर्याप्त स्पेशले चालक तथा यात्रुलाई बढी स्वतन्त्रता र आत्मविश्वास प्रदान गर्छ । यसमा स्पीड सेन्सेटिभ पावर स्टेयरिङ छ । हिटर भेन्टीलेटरसहित यसमा एयर कन्डिसनर, डिजिटल टेक्नोमिटर, ड्राइभ कम्प्युटर, प्यासेन्जर एसिस्ट ग्रीप, टि्रप मिटर, पावर विन्डो, बोटल एण्ड कप होल्डरले यसमा यत्रा गर्न विभिन्न सहजताहरु ल्याउँछ ।
यसमा युटिलिटी स्टोरेजसहित स्तरीय म्युजिक सिस्टम पनि छ । यसमा प|mन्टमा दुईवटा स्पीकर दिइएको छ । एसोसरिज सकेट, सिˆट अप इन्डिकेटर, रिर्मो की र सेन्ट्रल लकिङ लगायतका सुविधायुक्त फिचर्स पनि यसमा छन् ।
यसमा विभिन्न विशेषताहरुले चालक र यात्रुलाई रोमाञ्चकता, स्वतन्त्रता र आत्मविश्वास प्रदान गर्ने कम्पनीको दावी छ ।
‘गो’
डाटसनको अर्को रुचाइएको कार हो, ‘गो’ । कम क्षमताका इन्ट्री लेभलको कारबाट माथिल्लो स्तरको र शक्तिशाली ह्याचब्याकमा अपग्रेड हुन चाहने धेरै छन् । तर, यसका ठूलै रकम खर्चिनुपर्ने चिन्तामा गर्नेहरुका लागि उत्कृष्ट विकल्प बनेको हो, जापनिज कम्पनी डाट्सनको ‘गो’ ।
Comments
Post a Comment