
लामो समयदेखि पोखरामा लक्की मेनपावर चलाउँदै आएका मेनपावर सञ्चालक रस बहादुर गुरुङ बिप्लब नेतृत्वको नेकपाको कारवाहीमा परेका छन् ।
उनले लामो समयदेखि मेनपावरको नाममा अवैध धन्दा गर्दै आएको विप्लव माओवादीले दावी गरेको छ ।
विप्लव माओवादीको युवा संगठन योङ रेड फोर्सले आइतबार गुरुङलाई कालोमोसो दलेको हो।
कार्वाहीपछि फोर्सले गुरुङलाई कालोमोसो लगाउनु पर्नाको कारण भन्दै पर्चासमेत छरेको छ।
फोर्सले मेनपावरको अफिसमा तालाबन्दी समेत गरेको छ। गुरुङले अवैध रुपमा मेनपावर सञ्चालन गरी ठगी गरेको माओवादीको दावी छ ।
नेकपा र योङ्ग रेडफोर्सको पहलमा मेनपावर पनि खारेज भएको माओवादीले दावी गरेको छ।

Comments
Post a Comment