निर्मलालाई न्याय माग्दै नेतादेखि डाक्टर सडकमा, देशैभर प्रदर्शन



काठमाडौं । निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै शनिवार राजधानीको माइतिघरमा विशाल प्रर्दशन भएको छ । निर्मला पन्तका आमाबाबुदेखि चलचित्र कर्मीदेखि डाक्टरहरुसमेत सडकमा आएका छन् ।

निर्मलालाई न्याय माग्दै डा. गोविन्द केसी सडकमा उत्रेका छन् भने उनीसँगै अन्य राष्ट्रसेवक कर्मचारीहरु पनि सडकमा आएका छन् । नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका ऋचा शर्मा प्ले कार्ड नै बोकि माइतिघरदेखि बानेश्वरसम्मको प्रर्दशनमा सहभागि भइन ।

निर्मलालाई न्याय माग्दै नेतादेखि अभिनेतासम्म, डाक्टरदेखि राष्ट्रसेवक कर्मचारीसम्म सडकमा आएका छन् । उनीहरु सवैले निर्मला हत्याकाण्डमा हत्यारालाई कारवाहीको माग गरेका छन् भने एसपी बिष्टलाई हिरासतमा लिन सरकारलाई आग्रह गरेका छन् ।



प्रर्दशनमा उत्रेका डा. गोविन्द केसीले ‘निर्दोषलाई यातना दोषीलाई उन्मुक्ति ?’ भन्दै प्लेकार्ड बोकेका थिए भने अभिनेत्री ऋचा शर्माले ‘मौन बसेको सरकार, किन बढ्दैछ बलात्कार’ भन्ने प्लेकार्ड बोकेकी थियन ।

माइतिघरबाट सुरु भएको प्रर्दशन बानेश्वरसम्म पुगेको थियो । निर्मलाका बुवाले त्यहाँ आफ्नो बेदना पोखेका थिए भने छोरीको न्यायका लागि सडकमा आउनेलाई धन्यावाद दिएका थिए ।

Comments