केटी -माया अपार, अहिलेको दशैंमा रुने नपार।। केटी – माया अपार,अहिले नि आइन म छुट्टी नपाएर ।
गायक खत्रीको लय तथा शव्द, बिनोद बाजुरालीको संगीत संयोजन रहेको गितमा चर्चित गायिका बिष्णु माझीले साथ दिएका छन् । निर्देशक प्रकाश भट्टको निर्देशन र राजेश घिमिरेको छायांकन रहेको गितको म्युजिक भिडियोमा गायक खत्री र मोडल शिरु बिष्टले अभिनय गरेका छन् । हरेक बर्ष दशैं गित निकाल्दै आएका गायक खत्रीले यस बर्षको गितले पनि श्रोता दर्शकको मन जित्न सफल हुने बिश्वास व्यक्त गरे । ‘मेरा हर गीत, संगीत र सिर्जनालाई श्रोता दर्शकले धेरै माया दिएकै कारण आज यो ठाउँमा छु,’ उनले उत्साहित हुँदै भने, ‘यस गीतबाट पनि म धेरै आशावादी छु ।’ गितको म्युजिक भिडियो लिंक तल छ ।
गीतको भिडियो :
Comments
Post a Comment