को हुन् भ्वाइस अफ नेपालको स्टेज हल्लाउने रकस्टार ? हेर्नुहोस् उनको प्रस्तुती



काठमाडौँ । अन्तर्राष्ट्रिय फ्रेन्चाइज रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ अहिले निकै चर्चामा छ। भव्य सेट, खारिएका प्रतिष्पर्धी, प्रतिभावान् निर्णायक र प्रोडक्सन टिमको कारण पनि यस फ्रेन्चाइज रियालिटी शोको चर्चा निकै चुलिएको हो ।द भ्वाइस अफ नेपाल’ भाद्र ८ गते शनिबारबाट प्रसारणमा आएको हो । हरेक हप्ताको शनिवार र आइतबार बेलुका ९ बजे कान्तिपुर एचडी र डिस् होम रमाइलो एचडीबाट प्रसारण हुने कार्यक्रममा बरिष्ठ गायक दीप श्रेष्ठ , सनुप पौडेल, अभया सुब्बा र प्रमोद खरेल निर्णायकको रुपमा छन् ।मोबाइल एप मार्फत डिजिटल अडिसनबाट छानिएका प्रतिस्पर्धीहरू यस कार्यक्रममा सहभागी हुनेछन् र हिजो प्रसारित ब्लाइन्ड अडिसनको एपिसोड ३ मा प्रतिस्पर्धीहरूले आफ्नो दमदार प्रस्तुती दिएका छन् । कसैले शास्त्रीय संगीत गाएर त कैले रक गीत गाएर होस् जजहरुको मन जितेर नै छाडे र यस्तैमा हिजोको एपिसोडमा एक त्यसता प्रतिष्पर्धी आए जले जजहरुको लोभ्याउने मात्र नभएर आफ्नो गायकीले चकित तुल्याए।

यस भिडियोमा आज हामी तिनै एक प्रतिष्पर्धीको पर्फमेन्स देखाउँदैछौ जसले आफ्नो दमदार आवाजमा रक गीत गाएर जजहरुको मन जित्न सफल भए । हेर्नुहोस्, यस भिडियोमा आश्रा कुंवरको रकिङ पर्फमेन्स

Comments