रविना वादीका यी हुन् ‘राक्षस’ पति, युवती भनेपछि नाङ्गै बुङ्गै हुने ! रबिना मिडियामा रुँदै यसो भनिन् (भिडियोसहित)


काठमाडौं – सानै उमेरमा बलात्कारमा परेर ठूलो पीडा सहँदै आएकी रविना वादीलाई पति श्याम ओलीले बिचल्लीमा पारेको खुलासा भएको छ । ओलीले रविनालाई विभिन्न लाञ्छनाहरू लगाउने गरेका छन् ।श्याम ओली आफू कुनै चरित्रको हुन् भन्ने विषय भने भुल्ने गरेका छन् । सुत्केरी पत्नीलाई खान नदिएर दुःख दिएका ओलीका कालाकुर्तुतहरू बाहिरिएका छन् । ओली युवतीहरूको पछि लागेर हिँड्ने गर्छन् । रविनाले अधिकार माग गरेर कानूनी लडाइँमा अगाडि बढेपछि ओलीले दिएको सबै दुःख र पीडाहरू धमाधम बाहिर आएका हुन् । रविनाको विगतको जीवन थाहा हुँदा हुँदै विवाह गरेका श्याम ओलीले छोरो जन्मिएपछि दुःख दिएर भागेका थिए ।युवतीहरू भनेपछि हुरुक्कै हुने श्याम ओलीलाई सामाज, प्रहरी र अधिकारकर्मीहरूको दवावमा विवाह दर्ता गर्नुका साथै छोराको जन्मदर्ता गर्न बाध्य भएका छन् । सानो छोरो र आफ्ना लागि राजधानीमा संघर्ष गर्दै गरेकी रविनाले यसअघि पनि ठूलो बज्रपा सहनु परेको थियो । १०–१२ वर्षकै उमेरमा आफ्न्त पर्नेको बलात्कारमा परेकी रविनाको जन्म कालिकोट जिल्लामा पर्छ । सामान्य परिवारकी रविनालाई त्यही बेला बाबु भन्ने जस्तो व्यक्तिसँग विवाह गरेर नेपालगञ्ज पठाइएको थियो । बाबु भन्ने जस्ता ती पतिबाट रविनाको एउटा छोरो पनि छ । ती व्यक्तिले पनि रविनालाई घरनघाटको बनाइ दिए । र दोस्रो विवाह गरे । रविनाबाट जन्मिएको छोरो पहिलो पतिले नै राखेका छन् ।

Comments