एजेन्सी । प्रहरीले १४ जना व्यक्तिको हत्या गरेको आरोपमा एक गिरोहलाई पक्राउ गरेको छ।
पक्राउ परेका उक्त गिरोहका तीन जनाले अहिलेसम्म १२ घटनामा १४ जनाको हत्या र लुटपाट गरेको खुलासा गरेका हुन्। उनीहरुले ट्रक ड्राइभर र क्लीनरलाई पार्टीमा बोलाउने र खानामा नसालु पदार्थ मिसाएर हत्या गर्ने गरेको खुलासा भएको हो।
प्रहरीलाई यसरी मिल्यो प्रमाण
अगष्ट १५ मा भोपालको बिलखिरिया प्रहरी चौकी रहेको क्षेत्रमा एक अज्ञान व्यक्तिको शव भेटियो। उक्त शव एक ट्रक ड्राइभरको थियो। अनुसन्धान गर्दै जाँदा मध्य प्रदेशमा हत्याका एक गिरोह सक्रिय रहेको सुराकी मिल्यो। जसले ट्रकमा भएको सामान लुटेर ड्राइभर र क्लीनरको हत्या गर्दै आएका थिए।
प्रहरीले हराएको ट्रकको खोजी गर्दा एक जनालाई पक्राउ गर्यो । त्यसपछि उनकै सहयोगमा उनका दुई साथी पनि पक्राउ परे। त्यसपछि अनुसन्धान गर्दै जाँदा उनीहरुले अहिलेसम्म १४ जनाको हत्या गरेको खुलासा भयो।
Comments
Post a Comment