वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालमा : नेपालमै दुर्लभ अपरेसन गरियो । यस्तो छ ताजा अबस्था !!
काठमाडौं– वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ भदौ २८ गते पार्किन्सन्सको शल्यक्रिया गरिएको छ।
माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको शल्यक्रिया गरिएको हो। पार्किन्सन्सबाट पिडित श्रेष्ठको टाउकोको दायाँ भागमा डिप ब्रेन स्टिमुलेसन (डिविएस) नामक शल्यक्रिया गरिएको हो।
कलाकार श्रेष्ठ विगत ९ वर्ष देखि रोगको यो रोगबाट पिडित छन् । ४ वर्ष अगाडी दाहिने पाखोमा बढी समस्या भएपछि देब्रे पाखोमा शल्यक्रिया गरिएको थियो । अस्पतालमा पहिलो पटक श्रेष्ठबाटै सो शल्यक्रिया सुरु गरेको थियो।
शल्यक्रिया पछि कलाकार श्रेष्ठको अवस्था राम्रो भएको अस्पतालले जनाएको छ । उनलाई देब्र्रे पट्टी पनि समस्या देखिन थालेकोले नयाँ तार नयाँ ठाउँमा पुनः राखी पुरानै पेसमेकरमा जडान गरिएको अस्पतालले जनाएको छ।
Comments
Post a Comment