
एजेन्सी। एक महिलाको जीवनमा आमा बन्नुको छुट्टै महत्व हुन्छ । तर अमेरिकाको स्टेट इंडियानाकी सारह इमबिरोबिक्ज धेरै परिश्रमपछि बल्लतल्ल आमा बनेकी थिइन् । जब उनी तेस्रो पटक गर्भवती भइन् तब उनको अल्ट्रासाउण्ड रिपोर्ट हेरेर डाक्टर नै चमित परे । सारहका अनुसार उनी बिहेको ३ वर्षसम्म गर्भवती हुने कोसिस गरिरहिन् तर कुनै सफलता प्राप्त भएन ।अन्ततः सारहले भिट्रो फर्टिलाइजेशन विधिबाट आमा बन्ने निर्णय गरिन् । भिट्रो फर्टिलाइजेशन एक चिकित्सा विधि हो जसको प्रयोग ती दम्पती गर्छन् जसको साधारण तरिकाले बच्चा हुँदैन । यो विधिमा महिलाको शरीरबाट डिम्ब र पुरुणको शरीरबाट शुक्रकिट लिएर त्यसलाई शरीरबाहिर प्रयोगशालामा फर्टिलाइज गरिन्छ । जब प्रयोगशालामा भ्रुण बन्छ त्यसलाई महिलाको पाठेघरभित्र राखिन्छ ।सारहले पहिलोपटक यो विधिबाट एक छोरा जन्माइन् । उनलाई थप सन्तानको इच्छा भएपछि दोस्रोपटक यही विधिबाट गर्भवती भइन् । यसपटक भने उनले एकैपटक ३ छोरालाई जन्म दिइन् । सराह र उनका पति बिलको घरमा ४ सन्तान भइसकेका थिए तर छोरी थिएनन् । उनीहरुलाई छोरीको आशा लाग्यो ।
Comments
Post a Comment