चितवन तथा पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा चित्तल मार्ने क्रम बढेको देखिएको छ । मध्यवर्ती क्षेत्रमा रहेका स्थानियहरुले मासुको लोभका कारण चित्तल मार्ने क्रम बढेको निकुञ्ज सुरक्षार्थ खटिएको बटुकदल गण कसराले अनुसन्धानले देखिएको छ ।
विशेष गणको जिम्मेवारी जिम्मेवारी इलाका खगेन्द्रमल्ली सेक्टर अन्तर्गत प्रतापपुर पोष्टबाट करिव ६ कि.मि. पश्चिम मनहरी उपभोक्ता समितिको मध्यावर्ती क्षेत्रमा पर्सा राष्ट्रिय निकूञ्जको कोर इलाकाबाट घासको भारीमा मृत पोथी चित्तल लूकाएर बोकी ल्याउदै गरेको अवस्थामा नेपाली सेनाले फेला पारेपछि यस्तो रहस्य बाहिर आएको हो ।सेनाको टोलीले पमनहरी गाउपालिका वडा नं ७ रमौली बस्ने बर्ष ३४ कि दिलमाया मगर, बर्ष २२ कि रिता थापामगर, बर्ष ३६ कि सन्तमाया राई र बर्ष ४६ कि लक्ष्मी राईलाई पक्राउ समेत गरेको थियो । निज महिलाहरुलाई पर्सा राष्ट्रिय निकुञ्जका गेमस्काउट किरण गिरीलाई भरपाई गरी बुझाएको गणका गणपति समुन्द्र थापाले जानकारी दिए ।महिलाहरुले घांसको भारीमा बोकेर ल्याएको मृत चित्तल अन्दाजी ३ बर्षको करिब् ४५ के.जी. रहेको उनले बताए ।
चित्तलको घाटि अगाडीको भागमा छ वटा, पछाडीको दाहिने खुट्टामा घ वटा र पछाडीको टेक्ने खुट्टामा १ वटा हसियाले काटेको जस्तो देखिने गहिरो घाउ रहेको निकुञ्जले जनाएको छ ।मनहरी उपभोक्ता समितिका सचिव कमल बहादुर राई, मनहरी गाउपालिका वडा नं.७ का वडा सदस्य नवराज घिमिरे, पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयका दरोगा रामएकवाल चौधरी, मनहरी गाउपालिका वडा नं ७ बस्ने स्थानिय सुक बहादुर राई, नेपाली सेनाको प्रतापपुर पोष्टका अधिकृत रहोवरमा उक्त चित्तलको मुचुल्का उठाई पक्राउ परेका महिलाहरु र चित्तललाई पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय, आधाभार थप अनुसन्धानका लागि लगिएको छ
Comments
Post a Comment