डाक्टरले भाइरल ज्वरो भन्दै औषधी दिए, घर आउनासाथ भयो मृत्यु, पोष्टमार्टम गर्दा उड्यो होस



एजेन्सी। कुनै रोगलाई भाइरल ज्वरो सम्झिनु कतिसम्म खतरनाक हुन्छ भन्ने ४ वर्षकी यी बालिकाको मृत्युले पुष्टि गरेको छ । इङल्याण्डको चेस्टरफिल्डकी मिशेल फोस्टरकी ४ वर्षकी छोरी बिरामी भएकी थिइन् । उनलाई केही दिनदेखि ज्वरो र टाउको दुख्ने भइरहेको थियो । उनले बालिकालाई डाक्टरकहाँ लगिन् । डाक्टरले सामान्य भाइरल ज्वरो भन्दै सामान्य औषधी दिएर घर पठाए । तर, घर पुग्नासाथ बालिकाको मृत्यु भयो ।

पोष्टमार्टममा खुल्यो कि मिशेलकी छोरी ग्रेसीलाई मेनिन्जाइटिस थियो । आश्चर्यको कुरा त ग्रेसीको यति खतरनाक रोगलाई एक डाक्टरले नै भाइरल ज्वरो भनिदिए जसले उनको ज्यान गयो । ग्रेसीको मृत्युपछि उनले पढ्ने स्कुलले झनै आश्चर्यजनक खुलासा गर्यो ।

सकुलमा भएको मडिकल परीक्षणमा उनलाई मेनिन्जाइटिसको लक्षण देखिएको थियो । ग्रेसीलाई यसबारे जानकारीसहितको पत्र दिएर घर पठाइएको थियो । पछि हेर्दा ग्रेसीको स्कुल ब्यागमा त्यो चिठी भेटियो जुन पत्र उनले आमालाई दिन बिर्सिएकी थिइन् ।

Comments