
२६ भदौ, काठमाडौं । पाकिस्तानका भेट्रान अलराउण्डर शोएब मल्लिकले आफ्नो देशका लागि २६६ एकदिवसीय म्याच खेलेका छन् ।
तर, त्यसमा तीन म्याच मात्र विश्वकपमा खेलेका हुन् । उनले सन् २००७ को विश्वकपमा यी तीन म्याच खेलेका थिए ।अर्को वर्ष ईंग्ल्यान्ड र वेल्समा आयोजना हुने विश्वकप खेल्ने लक्ष्य मल्लिकको छ । उनले यसअघि नै आगामी विश्वकप पाकिस्तानका लागि आफ्नो अन्तिम खेल हुने बताइसकेका छन् ।
मल्लिक २००३, २०११ र २०१५ को विश्वकप खेल्ने पाकिस्तानी टिममा नै पर्न सकेनन् । तर, भारतलाई हराउँदै पाकिस्तानले आईसीसी च्याम्पियन्स ट्रफी जिच्दा शोएब पनि टिममा थिए । ‘मैले यसअघि पनि भनेको छु कि २०१९ मा हुने ५० ओभरको विश्वकप मेरो अन्तिम विश्वकप हुनेछ’ उनले भनेका छन् ।
एसिया कपको तयारीमा रहेका उनले अघि भने, ‘मेरो लक्ष्य त टी-२० विश्वकप पनि खेल्ने र टी-२० करियरलाई अन्त्य गर्ने छ । तर, त्यो फिटनेश र पाकिस्तान क्रिकेट बोर्ड -पीसीबी)सँग हुने छलफलमा निर्भर हुनेछ ।’
उनले अघि भने, ‘यदि तपाईको ठाउँमा अर्को खेलाडी आउँछ र राम्रो खेल्छ भने मैका दिनुपर्छ ।’
अर्को वर्ष हुने विश्वकपमा चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान ओल्ड ट्रार्फडमा भिड्नेछन् । त्यसअघि अर्को साता एसिया कपमा दुई देश समूह चरणमा भेट्नेछन् ।
३६ वषर्ीय मल्लिकले धेरै पटक भारतविरुद्ध खेले । गत वर्ष च्याम्पियन्स ट्रफीको फाइनलमा पनि खेले । ‘जहिले पनि भारत र पाकिस्तानको खेल रोमाञ्चक हुन्छ, त्यसमा कुनै शंका छैन’ उनले भने, ‘विश्वभरका लाखौं क्रिकेट समर्थकले हेर्ने खेलमा कुनै खेलाडीले अतिरिक्त दबाव महसुस गर्यो भने राम्रो प्रदर्शन गर्न सक्दैन ।’
Comments
Post a Comment