काठमाडौं । एलजी सिने सर्कल अवार्डमा सहभागी हुन काठमाडौं आएका भारतीय अभिनेता गोविन्दाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमै गई गोविन्दाले प्रधानमन्त्री ओली सँग भेटवार्ता गरेका हुन । प्रधानमन्त्रीसँगको भेटमा गोविन्दाकी छोरी टिना पनि साथमा थिइन् ।
भेटमा के कुरा गरे भन्ने बारे समेत खुलाइएको छैन ।
गत शनिबार काठमाडौँ आएका गोविन्दाले हिजो पशुपतिनाथ मन्दिरमा १ लाख ५६ हजारको विशेष पूजा गरेका थिए ।
Comments
Post a Comment