
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बालिका बलात्कारलगायतका घटना हुन नदिन सबैलाई गम्भिर बन्न आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले बालिका बलात्कार, महिला हिंसालगायतका घटनालाई सरकारको कमजोरीको रुपमा मात्रै लिन नहुने स्पष्ट पारे ।
उनले दिनदिनै बालिका बलात्कारलगायतका घटनाबाट नेपाली समाज अधोगतितर्फ उन्मुख भएको संकेत देखिएको उल्लेख गर्दै त्यसलाई निष्तेज पार्न सिंगो समाजलाई गम्भिर बन्न आग्रह गरेका हुन् ।
आईतबार सिंहदरबारमा संविधान दिवस, मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आत्म अनुशासनको माध्यामबाट मुलुकमा हिंसा, हत्या, बलात्कारलगायतको घटना हुन नदिन सबै पक्षलाई संयमित हुन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले मुलुकमा अझै पनि जातीय हिंसा भड्काउन कोसिस भईरहेको उल्लेख गर्दै सचेत रहनुपर्नेमा जोडदिए । सामाजिक चेतनाको माध्यामबाट समाजलाई भड्काउन खोज्ने तत्वहरुलाई निष्तेज पार्न मातहतका निकायलाई सचेत गराए ।
Comments
Post a Comment