
अक्षय कुमार अभिनित ‘गब्बर ईज ब्याक’ को एउटा प्रसंग छ । बिमारीले नर्मल डेलिभरीको इच्छा जाहेर गर्छन् । सोही कुरा नर्सले चिकित्सकसामु राख्छन् । तर, चिकित्सक दबाब दिन्छन्, ‘सिजरियन नै गर्नुपर्छ ।’
बिरामीको इच्छा बिपरित चिकित्सक किन सिजरियन डेलिभरी गर्न उत्सुक छन् ?जवाफ सजिलो छ, त्यसले उनको अस्पतालको अतिरिक्त आम्दानी बढ्छ । केही समय अगाडि एक दैनिक पत्रिमा पनि पैसाकै लागि निजि अस्पतालमा सिजरियन गरिन्छ भन्ने आशयको लेख थियो ।
निजीमा तीन गुणा बढी सिजरियन ?
नेपाल डेमोग्राफी एण्ड हेल्थ सर्भे २०१६ को प्रतिवेदन अनुसार पनि सरकारी अस्पतालमा भन्दा निजि अस्पतालहरुमा करिब ३ गुणाले बढि सिजरियन हुने गरेको देखाएको छ ।
नेपाल डेमोग्राफी एण्ड हेल्थ सर्भे २०१६ को सो प्रतिवेदन अनुसार प्रसुति सेवाका लागि व्यथा लागेर सरकारी अस्पतालमा आएका गर्भवतीहरु मध्ये भन्दा १२ प्रतिसत डेलिभरी सिजरियन (शल्यक्रिया) गरेर हुने गरेको छ भने सोहि सेवाका लागि निजी अस्पतालमा आएकाहरुमा ३५ प्रतिसतको सिजरियन हुने गरेको देखाएको छ ।
Comments
Post a Comment