एजेन्सी। अमेरिकामा केही पहिले निकै आश्चर्यजनक घटना भयो जसको बारेमा जान्दा हरकोही चकित परे । यहाँ एक घरको पाल्तु बिरालोले आफ्नो छिमेकको घरमा बस्ने कुकुरका बच्चा चोरीरहेको थियो । एक दिन बिरालो कुकुरको बच्चा मुखमा च्यापेर लैजाँदै गरेको अवस्थामा देखियो । यस्तो देखेपछि मानिसहरुले बिरालोको पिछा गरे । जब वास्तविकता थाहा भयो तब बिरालोको पिछा गर्ने मानिसहरुको आँखामा आँसु आयो ।
अमेरिकाको साउथ क्यारोलिना राज्यको मेयरभिले शहरमा बस्ने मिसी ग्रान्टको बिरालो मिस किटीले १९९३ मा केही बच्चा जन्माएको थियो । तर जन्मिएको केही समयमै बच्चाहरुको मृत्यु भयो । जुनबेला मिस किटीले बच्चा जन्माएको थियो त्यही बेला छिमेककी मिस रेयानको कुकुर स्मुचीले पनि ५ बच्चा जन्माएको थियो । तर, जन्मनेबित्तिकै स्मुचीले उनीहरुलाई छोडिदिएको थियो र दूध खुवाउन पनि बन्द गरेको थियो । यहाँसम्म कि स्मुचीलाई आफ्ना पप्पीहरुसँगै बाँधेर राख्दा पनि उसले बच्चालाई वास्ता गरेन ।
केही दिनपछि मिस किटी मुखमा कुकुरको बच्चा च्यापेर गइरहेको देखियो । कुकुर बिराला दुश्मन हुन्छन् । यही कारण किटीले बच्चाहरुलाई केही नराम्रो त गरिरहेको छैन भन्ने शंका पैदा भयो । यही बीचमा थाहा भयो कि रेयानको घरबाट कुकुरका बच्चा हराइरहेका छन् । कुकुरका बच्चा हराएको थाहा पाएपछि मिसीले बुझिन् कि यो सब काम उनको बिरालो मिस किटीको हो । उनले यसबारे रेयानलाई भनिन् ।
दुवै महिलाले मिलेर बिरालो मिस किटीलाई खोजे । जब सत्य थाहा भयो त्यसपछि भने उनीहरुको आँखामा आँसु आयो । उनीहरुले देखे कि बिरालोले कुकुरको बच्चालाई छिमेकको उक घरमा राखेको थियो । बच्चा पूरै सुरक्षित थिए र बिरालोले आमाले जस्तै उनीहरुलाई दूध खुवाइरहेको थियो र उनीहरुको हेरचाह गरिरहेको थियो । बच्चाले पनि बिरालोलाई नै आमा सम्झिएका थिए । यो स्टोरी सुरुमा स्थानीय मिडियामा आएको थियो त्यसपछि डकुमेन्ट्री बनएर टिभीमा पनि प्रसारण गरिएको थियो ।
Comments
Post a Comment