भारतीय ट्रकले ठक्कर दिंदा विराटनगरमा एकजनाको मृत्यु



भदौ, विराटनगर । भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिंदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

कोशी राजमार्ग अन्तर्गत दक्षिणतर्फ गइरहेको एच आर ५५ एल १४१४ नम्बरको भारतीय ट्रकले सोही दिशातर्फ गइरहेको को५प ३२०० नम्बरको मोटरसाइकललाई विराटनगर बसपार्क नजिकै ठक्कर दिएको थियो ।ट्रकको ठक्करबाट मोरङको रंगेली नगरपालिका-४ बस्ने ३० वर्षीया आँशु अग्रवालको मृत्यु भएको हो । दुर्घटनामा उनकी छोरी अनिशा अग्रवाल र श्रीमान मनोज अग्रवाल घाइते भएका छन् ।

घाइते दुवै जनाको सप्तकोशी अस्पताल, विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ट्रकका चालक ३० वर्षीय कमलसिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments