सिन्धुली। देश निर्माणमा विभिन्न ठेक्का पट्टा लिएर समय अवधिमा काम पुरा नगर्ने र समयावधि पुन: थपेर पनि निर्माण काम सम्पन्न नगर्ने विभिन्न कम्पनिहरु निकै चर्चामा छन । त्यस्ता कम्पनिहरु विरुद्द कडा कारबाही गर्ने भनेर सिन्डिकेट तोड्न सरकार सकारात्मक रुपमा काम गरिरहेको छ ।यी यस्ता चर्चा चलिरहेको बेला सिन्धुलीमा दुईवटा पक्कि पुल सरकारले दिएको समयावधि भन्दा करिब डेढ वर्षअघि नै सम्पन्न भएको छ । निर्माण कम्पनीहरु तुदी,कालिका, रसुवा जेभीले सम्झौता गरेको समय भन्दा डेढ वर्षअघि नै सिन्धुलीस्थित मरिण खोला र कमला खोलाको दुई पक्की पुल निर्माण पुरा गरेको हो।
सिन्धुलीको मरिणगाउपालिकाको वडा नम्बर ३ र ४ जोड्ने मरिणखोलामा बनेको पक्की पुलको बुधबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार उद्घाटन गरेका हुन् ।
पुलको उद्घाटनका क्रमममा बोल्दै अध्यक्ष दाहालले समयअवधि अगाबै काम सम्पन्न गरेर उदाहरनिय बनेको कम्पनिलाई सरकारले पनि सम्मान गर्ने कुरा व्यक्त गर्नु भयो । व्याप्त चरम लाहापर्बाही,ठग, निर्माणमा ढिला सुस्तीको जड बसेको बेला गुणस्तरीय र समयवाधि अगाडी नै निर्माण काम सम्पन्न गर्नु निकै सकारात्मक र एउटा राम्रो पक्ष हो ।
दाहाल प्रधानमन्त्री भएका बेला २०७३ मंसिर १२ गते उनैले यो पुलको शिलान्यास गरेका थिए । बोल्दै भने मैले यो पुल सिल्यानास गर्दै गर्दा जे निर्देशन दिएको थिए आज त्यहि भएको छ । काम समयअवधि नै सक्नुस सरकारको तर्फबाट पुरस्कृत गर्ने छ भनेको थिए । समय अगावै पुल निर्माण गरि उदाहरण प्रस्तुत गर्ने ठेकेदार कम्पनी, कर्मचारी र स्थानीयबासीलाई विशेष कार्यकम गरेर सम्मान गर्ने समेत बताए ।
कालिका, तुदी, रसुवा जेभीले चारसय मिटर लामो पुल समयावधि अघि नै निर्माण सम्पन्न गरेको हो । ४९ करोड १४ लाख रुपैयाँको लागतको पुलको निर्माण सम्पन्न गर्ने अवधि २०७६ पुस २८ गतेसम्म रहेको थियो ।
Comments
Post a Comment