नयाँ मोडमा निर्मला हत्याकाण्डको अनुसन्धान, अब हुँदैछ यस्ताे…



नयाँ मोडमा निर्मला हत्याकाण्डको अनुसन्धान, अब हुँदैछ यस्ताे…


काठमाडौं, ३१ भदौ । प्रहरी प्रधान कार्यालयले निर्मला पन्तको बलात्कारपछि हत्याको छानबिन गर्न नयाँ समिति बनाएको छ ।

डिआजी धिरु बस्नेतको संयोजकत्वमा नौ सदस्यीय छानबिन समिति बनेको हो । डिआइजी बस्नेत केही दिनअघिमात्र एआइजी बढुवामा सिफारिस भएका थिए ।

प्रहरीले दोषीको रुपमा उभ्याएको अभियुक्त डिएनए परीक्षणपछि फर्जी सावित भएका थिए । त्यसलगत्तै गृह मन्त्रालयले पाँच प्रहरी अधिकारीलाई निलम्बन गरेको थियो । प्रहरी प्रधान कार्यालयका अनुसार अनुसन्धानलाई तिव्र पार्न डिआइजी बस्नेतको संयोजकत्वमा छानबिन समिति बनाइएको हो ।

शंका गरेकामाथि प्रहरीले छानबिन नगरेको स्थानीयको गुनासो रहेको छ । प्रहरीले दिलिपसिंह विष्टलाई अभियुक्त भन्दै सार्वजनिक गरेपछि व्यापक विरोध भएको थियो । तर, अहिले विष्ट पनि छुटिसकेका छन् ।

निर्मला हत्याकाण्डमा प्रहरीको कमजोरी छर्लङ्ग भएपछि प्रधान कार्यालयले अनुसन्धानका लागि तदरुकता देखाएको छ । नयाँ छानबिन समिति बनेसँगै निर्मला हत्याकाण्डको अनुसन्धान नयाँ मोडमा पुगेको छ ।

sourse: h khabar. com

Comments