
निर्मलाकाण्डले गृहमन्त्री थापाकाे पद चैट !
काठमाडौं– कञ्चनपुरको पुरै सुरक्षा युनिट फेरिएर नयाँ प्रहरी प्रमुख एसपी कुबेर कडाँयत र प्रहरीका वरिष्ट अधिकृतहरुको संलग्नतामा दुर्इ वटा उच्च स्तरीय छानविन समितिले समे तकञ्चनपुर हत्या प्रकरणको अनुसन्धान नयाँ शिराबाट सुरु गरेपनि अपराधीविरुद्ध कुनै ठोस प्रमाण फेला पार्न नसकेपछि घटनाले नयाँ माेड लिइरहेकाे छ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तका बाबुआमा न्याय नपाइने हो की भनेर चिन्तित बनेपछि उनीहरु न्यायको लागि काठमाडौँ नै आएका छन् भने उनीहरु काठमाडौं आएर न्याय नपाएर नफर्किने सरकारलार्इ चेतवानी समेत दिएका छन्।
त्यसै क्रममा शनिबारदेखि काठमाडौंको माइतिघर मण्डलामा निर्मलाका निम्ति न्याय अभियान अन्तरगत प्रदर्शन सुरु भएको छ । ‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको प्रदर्शनमा हजारौं सर्वसाधरण सहभागी भएका छन् । निर्मला घटनाका दोषी अझैं कारबाहीको दायरमा आउन नसकेको अवस्थामा अभियन्ताहरूले उक्त प्रदर्शन गरेका हुन्। देशैभरकाे प्रर्दशनले प्रधानमन्त्री केपी अाेली तनावित बनेका छन्।
प्रधानमन्त्री अाेली निकट स्राेतका अनुसार गृहमन्त्री रामबहादुर थापाको सडकदेखि सदनसम्म विराेध हुनुका साथै सरकारकाे समेत अालाेचना भइरहेकाे छ। जसले प्रधानमन्त्री अाेली झनै तनावित देखिएका छन्।
त्यस्तै शनिबार बसेकाे प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षले गृहमन्त्री थापाको चर्काे अालाेचना गर्दै पछिल्लाे समयमा देशमा शान्त सुरक्षा कायम गर्न नसकेकाे अाराेप समेत लगाउँदा प्रधानमन्त्री अाेली गृहमन्त्री थापालार्इ बर्खास्त गर्ने अन्तिम तयारीमा पुगेका छन्। बालुवाटर स्राेतका अनुसार गृहमन्त्री थापाको पद हेरफेर गर्नेमा लगभग दुवै अध्यक्षबीच सहमति भइसकेकाे छ। चार दिनका लागि चीन भ्रमणमा गएका प्रचण्ड फर्के लगत्तै दुवै अध्यक्षबीच थप छलफल पश्चात गृहमन्त्री थापालार्इ पदबाट राजीनामा दिन लगार्इने स्राेतले बताएकाे छ।
नेपालपाना बाट साभार
Comments
Post a Comment