
डेब्युबाट नै चम्किएका नायकहरुको लिस्टमा पर्न सफल भएका छन् धिरज मगर । लण्डन निवासी धिरजले पहिलो फिल्म इन्टु मिन्टु लण्डनमाबाट खुबै चर्चा कमाए । फिल्मबाट साम्राज्ञीले भन्दा पनि बढि धिरजले आर्कषण बटुलेको बुझिएको छ । हुन त फिल्म क्षेत्रमा आउँनु अघि नै उनी चर्चित युट्युबर हुन त्यसैले पनि उनले फिल्ममा आउँनु अघि नै युवती फ्यानहरु मजाले कमाएका थिए ।धिरजलाई यतिबेला अनमोलाई टक्कर दिन सक्ने र प्रदिप खड्काको विकल्पको रुपमा हेरिन थालेको छ । उता उनलाई डेब्यु गराएकी निर्देशक रेनशा वान्तवा राई भने धिरजलाई छोड्ने मुडमा नै छैनन् । फिल्म प्रमोसनदेखि रिलिज ताकासम्ममा रेनशामा धिरज मोह प्रस्ट देखिएको छ । उनले आगामी दुई फिल्ममा पनि धिरजलाई कन्फर्म गरेकीछिन् ।
वास्तवमा उनले धिरजलाई इन्टु मिन्टु लण्डनमा साइन गर्दा नै दुई फिल्मका लागि सम्झौता गरिसकेकी थिईन् । यता धिरजलाई अन्य व्यानरको फिल्मको अफर आईरहँदा धिरजले काम गर्न भने पाएका छैनन् । सोही कारणले धिरजमाथि रेनशाको सिन्डिकेट भएको टिप्पणी भईरहेको छ तर रेनशा भने आफु धिरजको अभिभावक भएको बताउँछिन् ।
धिरज यस फिल्डका लागि नयाँ भएकोले उनको करियरका लागि आफुले गाईड गरिरहेको बताउँछिन् । हुन त यसअघि पनि आफुले डेब्यु गराएका कलाकारहरुमाथि निर्माता निर्देशकहरुले कब्जा जमाउँने गरेको देखिँदै आएको हो ।
Dhirj Magar has succeeded in the list of shiny heroes from the debut. Dharaj, a resident of London, earns a lot of discussion from the first film Inu Mintu London. It has been understood that the emotion collected more than the empire from the film. Although she was a favorite YouTube before she came to the film industry, she also earned the young women fun before she came to the film. Ranaasha Vantva Rai, director of the debut, gave him the permission to leave Dhiraj
Comments
Post a Comment