तीजमा गहना किन्ने हो ? बजारमा आए तीज विशेष गहना, मूल्य कति ?



काठमाडौंः नेपाली महिलाहरुका लागि हरितालिका तीज विषेश पर्व हो । तीजलाई धर्म संस्कृतिको लागि मात्र नभई सजिसजावट गर्ने चाडको रुपमापनि लिइन्छ ।

तीजलाई नयाँ गहना किन्ने अवसरको रुपमा पनि लिने गरिन्छ । तीजमा विभिन्न संस्कार अनुसार आफन्तहरुलाई नयाँ गरगहना किनेर दिने प्रचलनपनि रहेको छ ।१. तीजमा विशेष मानिने छड्के तिलहरी प्रायः रातो र हरियो पोतेमा हालेर लगाउने गरेको पाइन्छ । तर, अब तपाईँले रातो, हरिया र पहेलो पोतेमा छड्के तिलहरी जोडेरपनि लाउन सक्नुहुनेछ ।

तीजकै लागि भनेर न्यूरोडमा लक्की ज्वेलर्सले हरियो, रातो र पहेलो पोतेमा छड्के तिलहरी जडान गरेर बनाएको छ । यो तिलहरी आदि तोल्लादेखि १ तोलासम्म बनाउन सकिने लक्की ज्वेलर्सले जनाएको छ । यसको मूल्य सुनको तौल हेरिकन ३३ हजार रुपैयाँदेखि ६३ हजार रुपैयाँसम्म रहेको छ ।

२. यस्तै, तस्बिरमा देखाइएको नौगेडी तिलहरीमा रातो रंगको बरात जडान गरिएको छ । यो पछिल्लो समय तीजकै लागि भनी आएको नयाँ डिजाइनको नौगेडी हो । यसमा जडान गरिएको बरात इच्छा अनुसार हटाएरपनि बनाउन सकिने पाण्डेले बताइन् । यो नौगेडीपनि सुनको तौल अनुसार ३३ हजार रुपैयाँ देखि ६३ हजार रुपैयाँ पर्नेछ ।

३. माथिको तस्बिरमा देखाइएको जन्तर डिजाइनको पोते पनि विशेष तीजकै लागि बनाइएको डिजाइन हो । यसमा जन्तरको ठाउँमा फरक डिजाइन राखिएको हो ।

यो ४ आनादेखि ६ आनासम्म बन्ने भएकोले यसको मूल्यपनि अरुभन्दा सस्तो पर्नेछ । यसको मूल्य २० हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म पर्ने बताइन्छ ।

Comments