हतियार थमाएर फसाउन खोजेको भन्दै स्थानीयद्वारा प्रहरी चौकी घेराउ


रुपेन्द्र पटेल रौतहट,आफुलाई प्रहरीको घुमुवा बताउने एक युवकले रौतहटको बृन्दावन नगरपालिकाका एक युवालाइ हतियार थमाएर फसाउन खोजेको भन्दै स्थानीय बासिन्दाले प्रहरी चौकी बिश्रामपुर घेराउ गरेका छन् ।

आईतबार साझ बिश्रमपुरबाट चन्द्रनिगाहपुर आउन लागेका दोजेलाल पटेलको मोटर साईकलमा लिफ्ट मागेर आएका सन्तोष पटेलको साथमा रहेको झोलाबाट नलकटुवा पेस्तोल फेला परेको थियो ।

आफुलाई नेपाल प्रहरीको घुमुवा बताउने चन्द्रपुर १० का रामबाबु पटेलले सो झोला दिएको र प्रहरीलाई खबर गरेर पक्राउ गर्न लगाएको भन्दै स्थानीय बिहानै देखी ११ बजे सम्म प्रहरी चौकी बिश्रामपुर घेराउ गरेका थिए । आफुलाई प्रहरीको घुमुवा बताउने रामबाबु पटेललाई समेत स्थानीयले पक्राउ गरेर प्रहरीमा बुझाएका थिए । स्थानीयले पक्राउ गरेर प्रहरीमा बुझाएका रामबाबु पटेललाई ईलाका प्रहरी कार्यालय गरुडा लाने क्रममा स्थानीय प्रहरी बिच केही समय धक्का मुक्का समेत भएको थियो ।



स्थानीयले निर्दोष दोजेलाल पटेल र सन्तोष पटेललाई छाडेपछि मात्र घुमुवा बताउने रामबाबुलाई लान भन्दै प्रहरी चौकी घेराउ गरेका हुन् । स्थानीयले पक्राउ गरेर प्रहरीमा बुझाएका रामबाबुले भने प्रहरीले बरामद गरेको हतियार आफ्नो रहेको र पक्राउ परेका दुवैजना निर्दौस रहेको स्थानीय समक्ष बताएका छन् । ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक चर्तुभुज ओझाले हतियार सहित पक्राउ गरेका दुबैजना लाई हतियार दिने मान्छे पक्राउ परेको र उनीहरु छुटने प्रतिबद्धता जनाए पछि स्थानीय शान्त भएका थिए ।

बृन्दावन नगरपालिकाका प्रमुख रामस्नेही यादवले पछिल्लो समय आफुलाई प्रहरीको घुमुवा बताउने गिरोहका कारण सर्बसाधारणले दुख पाएको र त्यस तर्फ प्रहरी सचेत हुनुपर्नेमा जोड दिएका थिए ।

Comments