एजेन्सी । अमेरिकाको उत्तरी भर्जिनियामा दुर्लभ सर्प भेटिएको छ । विज्ञहरुले त्यस्तो सर्प लामो समय सम्म बाँच्न नसक्ने भएपनि कसरी त्यो सर्प जिवित रह्यो भन्ने विषयमा अनुसन्धान सुरु गरेका छन् ।अमेरिकाको भर्जिनियामा स्थानियले दुईवटा टाउको भएको सर्प देखेपछि संरक्षणकर्ता संस्थालाई सम्पर्क गरेका थिए । सिएनएनले जनाए अनुसार दुईवटा टाउको भएको विषालु सर्प कपरहेडको बच्चा बारे अहिले अनुसन्धान भइरहेको छ । अहिले सो सर्पलाई हर्पेटोलोजिकल सोसाइटीमा राखिएको छ ।अनुसन्धानकर्ता जेडी क्लेप्फरले त्यो सर्प जिवित रहनुको कारणवारे खोजि भइरहको बताएका छन् । दुईवटा टाउको भएकाले त्यसलाई प्राकृतिक रुपमा बाँच्न निकै कठिन हुने अनुसन्धानकर्ताको भनाई छ ।
त्यो वाहेर दुईवटा टाउको र एउटा शरीरको तालमेलका बारेमा पनि अनुसनधानकर्ताले अध्ययन थालेका छन् । त्यस्तो कुरा जान्नका लागि अनुसन्धानकर्ताले सर्पको एक्सरे गरेका छन् । बिहीबार गरिएको एक्स रेबाट सर्पको बायाँ टाउको बढी सक्रिय रहेको देखिएको छ । बाँया टाउकोले सर्पको शरीरलाई प्रभाव पारीरहेको छ ।
सर्पको टाउको मात्र दुइवटा छ । उसको एउटा मुटु र फोक्सो छ । दुईवटा टाउकोले एउटा मुटु र एउटा फोक्सोसँग सहकार्य गरेका छन् । सर्पले दायाँ टाउकोमा रहेको मुखबाट खाँदा राम्रो हुने अनुसन्धानकर्ताले जनाएका छन् । तर उसको बाँया टाउको बढी सकृय र विकसित रहेकाले समस्या आउन सक्ने पनि अनुसन्धानकर्ताले बताएका छन् । अहिले दुईवटा टाउको भएको सर्पको विशेषज्ञले स्याहार गरिरहेका छन् । यो सर्प बाँचेमा शैक्षिक प्रयोजनका लागि चिडियाखानालाई दिने तयारी छ ।
Comments
Post a Comment