असोज ३ गते दिउसो ३ : ३८ देखि सूर्य र बूध एक ठाउँमा भेट हुने यी राशीलाई मिल्नेछ लाभ



असोज । ग्रहहरुले स्थान परिवर्तन गरिरहनाले मानिसहरुमा निकै प्रभाव पर्ने देखिन्छ । ग्रहहरुको परिवर्तनले मानिसमा ज्ञान बुद्धि, विवेक, आर्थिक, व्यापार जस्ता कुराहरुमा असर पार्ने गर्छ । त्यसैले भोली अर्थात अशोज ३ गते सूर्य ग्रह र बूध ग्रह कन्या राशीमा गोचर गर्ने भएको छ । ४ बजेर ३८ मिनेटमा सिंह राशी कन्या राशीमा गोचपर गर्ने भएकाले बुध र सूर्य एकै स्थानमा पर्ने भएको छ । यस्तोे योगलाई बुधादित्य संयोग भनिन्छ । यस्तो योग बन्दा राशीहरुलाई थुप्रै असरहरु पर्ने भएको छ । हेरौँ कुन राशीलाई कस्तो असर पार्छ त बुधादित्य योगले ।

मेष राशी : सूर्य र बुध ग्रहको राशी परिवर्तनको योगले मेष राशी हुने व्यक्तिको लागि आर्थिक प्रगती गर्ने नयाँ अवसर प्राप्त हुने भएको छ । कार्यक्षेत्रमा नयाँ उपाय अपनाउनाले शत्रुहरु पराजित हुनेछन् भने सोचेका कामहरु सम्पन्न हुनेछन् ।

वृष राशी : पारिवारमा रहेका समस्याहरु टाढा हुनेछन् । टाढाको यात्रा सम्भावना बढ्नेछ । बौद्धिक कार्य, लेख, कलाहरुमा सफलता हाँसिल गर्न सकिनेछ । भौतिक कार्यमा खर्च बढ्नेछ ।

मिथुन : मिथुन राशी हुने व्यक्तिहरुको लागि आर्थिक लाभ हुनेछ ।कानुनी रुपमा देखिएका समस्याहरु समाधान हुनेछन् । व्यवसाय तथा नोकरीमा सफलता मिल्नेछ ।



कर्कट राशि : व्यवसायमा परिवारको संलग्नता बेढ्नेछ भने परिवारको सम्बन्ध बलियो हुनेछ । मानसिक समस्यामा अल्झिएकाहरुको लागि समय राम्रो रहन सक्ला । अध्ययन अध्यापन भने असहज नै रहने छ ।

सिंह राशी : राशी परिवर्तन सिंह राशीका मानिसलाई निकै राम्रो रहेको छ । जसले गर्दा सरकारी कार्यमा लाभ मिल्ने छ । अचानक वैदेशिक यात्राको अवसर मिल्ने भएकाले खर्चमा नियन्त्रण गर्न नसक्दा आर्थिक समस्या बढ्नेछ ।

कन्या राशि : कन्या राशीलाई गह्रहरुको राशी परिवर्तनले लाभ मिल्ने भएको छ । बौद्धिकताम परिपक्कता कदर हुनुको साथै हरेक कार्यहरु सफलताको साथ सम्पन्न हुनेछन् ।

तुला राशि : अनावश्यक खर्च बढ्ने भएकाले मनमा अशान्ति हुनेछ । अनवश्यक समस्या बढ्ने भएकाले कुनै पनि कार्य गर्न धेरै मेहनत गर्नुपर्ने देखिन्छ ।

वृश्चिक राशी : सबैभन्दा धेरै लाभ व्यवसायमा देखिने भएकाले पहिला अड्किएको धन उठ्नेछन् । रोकिएका कार्यहरु पुन सुरु हुनेछ । तर यात्रा गर्दा संयमिता अपनाउनु पर्नेछ ।

धनु राशी : वैदेशिक यात्राको लागि उचित समय रहेको छ भने बस्ने ठाउँ परिवर्तन गर्नु शुभ हुनेछ भने जीवनसाथीसँगको सम्बन्ध सुखद रहनेछ ।

मकर राशी : पैत्रिक सम्पतिमा लाभ मिल्नेछ । आर्थिक कार्य गर्दा संयम रहनुपर्नेछ । सार्वजनिक जीवनमा प्रतिष्ठा बढेर जानेछ ।

कुम्भ राशी : कुम्भ राशी हुनेहरुको लागि निकै समस्या रहेको छ । यसले गर्दा स्वास्थ्यमा समस्या आउने देखि लिएर सामाजिक अपहेलनाको सामाना गर्नुपर्ने अवस्था आउने भएको छ । आर्थिक संकट देखा पर्न सक्ला ।

मीन राशी : मानसिक तनाव बढेर जाने छ । पारिवारिक जिवनमा चलेको कलह समाधान हुने देखिन्छ । स्वास्थ्यामा भने खासै राम्रो देखिदैन् । व्यवसायमा सफलता मिल्न सक्ला ।

Comments