
भद्रपुर- झापाको कचनकवलमा सर्पले डसेर एक बालिकाको बिहीबार मृत्यु भएको छ।मृत्यु हुनेमा कचनकवल गाउँपालिका (२ निवासी तिलबहादुर भट्टराईको १४ वर्षीय छोरी पूजा भट्टराई रहेकी छन् ।प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार घरमा सुतिरहेका अवस्थामा उनलाई गोमन सर्पले डसेको थियो।
सर्पले डसेका उनलाई उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको जनाइएको छ। पूजा स्थानीय पथरिया मावि कक्षा(८ मा अध्ययरत विद्यार्थी थिए। बालिकाको मृत्यु भएपछि गाउँले बिहीबार घर छेउको जंगलमा रहेका गोमन सर्पलाई मारेका थिए
Comments
Post a Comment