गाड्नका लागि जग्गा नभएपछि ४४ वर्षपछि जलाउन थालियो बेवारिसे लासहरु



काठमाडौं । सनाखत नभएका बेवारिसे शव ४४ वर्षपछि जलाउन थालिएको छ। व्यवस्थापन गर्ने जग्गा अभाव भएपछि फरेन्सिक मेडिसिन विभागले शव जलाउन सुरु गरेको हो।

विभागमा फ्रिजमा रहेका ५९ शवमध्ये नौ वटा जलाइसकेको जनाइएकाे छ। सामान्यतः विश्वमै बेवारिसे शव जलाइँदैन। यस्ता शव गाडेर व्यवस्थापन गरिन्छ। वर्षौंपछि पनि परिवार तथा आफन्त खोज्न आउने भएकाले शव गाड्ने गरिन्छ। यो अवस्थामा गाडेको ठाउँबाट निकालेर शव अस्थिपञ्जर दिने गरिन्छ।

तर, महाराजगन्जस्थित फरेन्सिक मेडिसिन विभागले गाड्ने जग्गाकै अभाव भएपछि शव जलाउन सुरु गरेको समाचार नयाँ पत्रिकामा छ। ४४ वर्षदेखि विभागअगाडिको खाली १० आना जग्गामा खातमाथि खात लगाएर बेवारिसे शव गाडिँदै आइएको थियो

Comments