ह्वातै बढ्यो सुनको मुल्य , हेर्नुहोस् यस्तो छ आजको भाउ

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज नेपाली बजारमा सुनको मुल्य ह्वातै बढेको छ । हिजो सम्म स्थिर रहेको सुनको मुल्य आज तोलामा एक्कासी ३ सय रुपैयाले बढेर प्रतितोला ५८ हजार ४ सय रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ५८ हजार १ सय रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।त्यसैगरी, आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाले बढेर तोलामा ७ सय २५ रुपैयामा कायम रहेको रहेको महासंघले जनाएको छ ।

Comments